default_image

4 years ago

May 4, 2020

एमबाप्पलेले पिएसजी छाड्ने सम्भावना कम

एजेन्सी – फ्रान्स सरकारको निर्णयका कारण अप्रिल २८ मा लिग वान सिजन नसकिँदै जहाँको त्यहि टुंग्याउन परेको थियो । कोरोना भाइसका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फ्रान्स सरकारले खेलकुद गतिविधिमा रोकेको थियो । लिग तालिकामा १२ अंकको अग्रता लिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई यसपटकको विजेता घोषित गरिएको थियो । अब फरवार्ड केलियन एमबाप्पको पिएसजीमा […]

25 views

0 Bookmark

एजेन्सी – फ्रान्स सरकारको निर्णयका कारण अप्रिल २८ मा लिग वान सिजन नसकिँदै जहाँको त्यहि टुंग्याउन परेको थियो । कोरोना भाइसका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फ्रान्स सरकारले खेलकुद गतिविधिमा रोकेको थियो ।

लिग तालिकामा १२ अंकको अग्रता लिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई यसपटकको विजेता घोषित गरिएको थियो । अब फरवार्ड केलियन एमबाप्पको पिएसजीमा भविष्यलाई लिएर धेरैको ध्यान तानिएको छ ।

लिग वान रद्द भएपनि पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको छ । यदि परिस्थिति असहज भएको खण्डमा पिएसजीले होम म्यान पनि विदेशी भूमिमा खेल्नु पर्ने हुन सक्छ । आइतबार फ्रान्सको एक स्थानिय पत्रिकामा एमबाप्पेको भविष्यका विषयमा समाचार प्रकाशित भएको थियो ।

कोरोना भाइरसकै कारण उनी अहिले पेरिसमा छैनन् । उनी देशको दक्षिणतर्फ रहेको आफ्नो घरमा परिवार र दाजुहरुसँग रहेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले एमबाप्पले अर्को एक वर्ष पिएसजीमै रहने उल्लेख गरेको छ । यद्दपी उनले नयाँ सम्झौता गर्ने सम्झौता भने गर्ने सम्भावना नरहेको बताइएको छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।

एमबाप्पेले केहि दिन अघि सामाजिक सञ्जालमार्फत क्लबप्रतिको आफ्नो सहानुभुती दर्शाएका थिए । उनले टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्दा खुसी मनाएका छन् । अहिले उनको र क्लबबीच सम्बन्ध राम्रो भएको उल्लेख गरिएको छ ।

एमबाप्पले गत सिजनमा क्लबका अध्यक्ष नासिर अल खालिफालाई क्लब छाड्न चाहेको बताएका थिए । तर अहिले भने उनी क्लब छाड्न हतारिएका छैनन् । अहिलेको अवस्था हेर्दा एमबाप्पले कम्तीमा अर्को वर्षसम्म पिएसजीमै रहने सम्भावना रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.