default_image

4 years ago

May 4, 2020

रोनाल्डो म्याराडोनाकै स्तरनजिक थिए

एजेन्सी – फाबियो कानाभारोले फुटबलमा अहिले सम्मको उत्कृष्ट भन्ने विषयमा आफ्नो विचार राखेका छन् । इटालीका पूर्व रक्षकले इस्टाग्राममा मार्सेलोसँगको कुराकानीमा आफ्नो सर्वकालिन उत्कृष्ट खेलाडीका बारेमा बोलेका थिए । ‘मेरो लागि डियगो म्यारोडोना अहिले सम्मका उत्कृष्ट खेलाडी हुन् । र त्यसपछि उनको नजिक पुग्ने खेलाडी भनेका रोनाल्डो नाजारियो हुन् । आफ्नो समयमा म्यारोडोनाले अर्जेन्टिना र […]

42 views

0 Bookmark

एजेन्सी – फाबियो कानाभारोले फुटबलमा अहिले सम्मको उत्कृष्ट भन्ने विषयमा आफ्नो विचार राखेका छन् । इटालीका पूर्व रक्षकले इस्टाग्राममा मार्सेलोसँगको कुराकानीमा आफ्नो सर्वकालिन उत्कृष्ट खेलाडीका बारेमा बोलेका थिए ।

‘मेरो लागि डियगो म्यारोडोना अहिले सम्मका उत्कृष्ट खेलाडी हुन् । र त्यसपछि उनको नजिक पुग्ने खेलाडी भनेका रोनाल्डो नाजारियो हुन् । आफ्नो समयमा म्यारोडोनाले अर्जेन्टिना र रोनाल्डोले ब्राजिललाई विश्व कप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए,’ कानाभारोले भने ।

‘मैले सन् १९९७ मा रोनाल्डोविरुद्ध खेलेको थिए । उनी उच्चस्तरका खेलाडी थिए’, उनले भने, ‘त्यति बेला उनको बारेमा चर्चा सुरु भइसकेको थियो । उनी प्रभावशाली खेलाडी थिए ।’ चोटका कारण उमेर हुँदै रोनाल्डोले संन्यास लिनुपरेको थियो भने बिचमा पनि लामो समय उनी चोटले गर्दा मैदानबाहिर रहेका थिए ।

त्यसपछि मार्सेलोलाई प्रश्न गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमा उत्कृष्ट छान्ने भनेका थिए । जसको जवाफमा मार्सेलोले भने फुटबलमा यो बारम्बार आउने प्रश्न हो । तर को उत्कृष्ट यसै भन्न सकिन्न । जो कोहिले एउटालाई भन्दा अर्कोलाई मन पराउन सक्छन् । हरेक व्यक्तिको आफ्नो सोचाई हुन्छ ।

मार्सेलोले रोनाल्डोसँगको सहकार्यको विषयमा भने, ‘मैले क्रिस्टियानोसँग १० वर्ष खेले । उनले मलाई हरेक समय मनोबल उच्च बनाउन सहयोग गरे । हामी दुई उत्कृष्ट खेलाडीका विषयमा कुरा गरिरहेका छौं । मेस्सी रोक्छन् र बललाई अघि बढाउँछन् । एक सेकेन्डमा उनले खेल बदल्छन् । तर यी दुई मध्ये एकजना को उत्कृष्ट भन्न कठिन छ ।’

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.