default_image

4 years ago

May 4, 2020

ग्रिजमनदेखि सुआरेज बार्सिलोनाले बेच्ने सुचीमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आउदो समरमा एन्टोइन ग्रिजमनदेखि लुइस सुआरेजसम्मका पहिलो रोजाईका ८ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । डेली स्टारका अनुसार बार्सिलोनाले आफ्ना फ्लप स्टारलाई बेच्ने सुचीमा राखेको हो ।  बार्सिलोनाले आउदो समरमा बेच्ने सुचीमा यसै सिजन स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट आएका फ्रेन्च स्टार एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, उरुग्वेका लुइस सुआरेज लगायतका खेलाडी […]

45 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आउदो समरमा एन्टोइन ग्रिजमनदेखि लुइस सुआरेजसम्मका पहिलो रोजाईका ८ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ । डेली स्टारका अनुसार बार्सिलोनाले आफ्ना फ्लप स्टारलाई बेच्ने सुचीमा राखेको हो । 

बार्सिलोनाले आउदो समरमा बेच्ने सुचीमा यसै सिजन स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट आएका फ्रेन्च स्टार एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, उरुग्वेका लुइस सुआरेज लगायतका खेलाडी छन् । यि खेलाडहरुले पछिल्लो समयमा बार्सिलोनामा आफ्नो प्रभाव छाड्न सकेका छैनन् ।

ग्रिजमनले कप्तान लियोनेल मेस्सीसँग राम्रो तालमेल मिलाउन सकेका छैनन् । उनले यो सिजन ३७ खेलमा १४ गोल गरेका छन् । यस्तै लगातार चोटसँग जुधिरहेका औसमाने डेम्बेले पनि बार्सिलोनाले बेच्ने सुचीमा छन् । लगातारको चोट र अनुशासनले उनी टोलीमा राम्रो छाप बसौं सकेका छैनन् ।

यस्तै बार्सिलोनाले बेच्ने सुचीमा आर्टुरो भिडाल र इभान राकिटिच छन् । स्याुइल उम्टिटी (२६), नेल्सन सेमेडो (२६) र सर्जी रोबर्टाे (२८) को पनि भविष्य बार्सिलोनामा नरहने देखिएको छ । प्रशिक्षक क्विके सेटिनले जर्मन क्लब बायर्न म्युनिखमा लोनमा खेलिरहेका ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होलाई टोलीमै राख्ने मनासय बनाएका छन् ।

बार्सिलोनाले आउदो समरमा ब्राजिल तथा फ्रेन्च क्लब पीएसजीका स्टार फरवार्ड नेयमारलाई पुनः अनुबन्ध तथा अर्जेन्टिनी तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेजलाई अनुबन्ध योजनामा अघि बढिसकेको छ । यसका लागि आवश्यक रकम जोहो गर्न पनि क्लबले मोटो तलबमा रहेका खेलाडीलाई बेच्ने तयारी गरेको हो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.