default_image

4 years ago

May 5, 2020

‘स्वारेज र मार्टिनेज सँगै खेल्न सक्छन्’

40 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका यू २० र ओलम्पिक टोलीका प्रशिक्षक फर्नान्डो बाटिस्टाले बार्सिलोनामा फरवार्ड लुइस स्वारेज र लाउटारो मार्टिनेज कुनै समस्याविना सँगै खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् । इन्टर मिलानका फरवार्ड मार्टिनेज नयाँ सिजनमा क्याम्प नोउ जाने चर्चा चलिरहेका बीच बाटिस्टाको यस्तो भनाई सर्वजनिक भएको हो ।

स्वारेजकै विकल्पका रुपमा बार्सिलोनाले मार्टिनेजलाई लामो समयका लागि क्लबमा भित्राउने चर्चा चलिरहेको छ । स्वारेज अब केहि वर्षमात्र बार्सिलोनामा रहने सम्भावना रहेकोले विकल्पका बारेमा सोचिरहेको छ । बाटिस्टा २२ वर्षे मार्टिनेजको खेल शैलीका बारेमा जानकार छन् । स्वारेज र मार्टिनेज हुँदा स्पेनिस च्याम्पियन बार्सिलोनामा लियोनल मेस्सीलाई राम्रो साथ मिल्ने बताएका छन् ।

‘यदि ४–३–३ को रणनीतिमा खेल्ने हो भने त्यहाँ दुई मध्ये एकका लागि मात्र ठाँउ रहन्छ । यदि दुवै खेल्ने पाए भने त्यसले टोलीलाई फाइदा पुग्ने छ ,’ उनले भने, ‘अहिले मेस्सीले तल झरेर खेल्ने गरेका छन् । ३ जना खेलेको खण्डमा मेस्सीलाई पनि सहज हुनेछ । विकल्प धेरै हुनेछ । त्यसैले मलाई लाग्छ स्वारेज र मार्टिनेजसँगै खेल्न सक्छन् ।’

बाटिस्टाले अहिले इन्टर पनि त्यस्तै रणनीतिमा खेलिरहको बाटिस्टाले सुनाए । ‘मलाई लाग्छ स्वारेज र मार्टिनेजसँगै खेल्दा कुनै समस्या हुने छैन । अहिले इन्टरमा पनि त्यस्तै छ’, प्रशिक्षकले भने, ‘लुकाकुसँग खेल्दा मार्टिनेजलाई कुनै समस्या छैन । दुवै उस्तै क्षमताका छन् । एक जना मिडफिल्डमा जाँदा अर्कोले अर्को ठाँउ हेर्न सक्छन् । ओभरल्यापमा जादैनन् ।’

‘विश्व फुटबलमा अहिलेका उत्कृष्ट युवा फरवार्ड मध्ये मार्टिनेज एक हो । अहिले बार्सिलोनाले उनीमाथि चासो राखेको छ । कोरोना भाइरसका कारण उत्पन्न आर्थिक कठिनाईका कारण बार्सिलोनाले उनलाई ल्याउन सक्छ सक्दैन भने हेर्न बाँकी छ,’ बाटिस्टाले भने ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.