default_image

4 years ago

May 6, 2020

सिटीका साने बायर्न जाने सम्भावना

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार विंगर लिरोए सानेको अनुबन्ध नजिक पुगेको छ । बायर्नले सानेलाई लामो समयको लागि अनुबन्ध चाहेको थियो । लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड दौरान चोट बोकेपछि सानेले २०१९ अगस्टयता खेलेका छैनन् । तर, उनी कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबल गतिविधि बन्द हुनुअघि प्रशिक्षणमा फर्किएका थिए । […]

46 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार विंगर लिरोए सानेको अनुबन्ध नजिक पुगेको छ । बायर्नले सानेलाई लामो समयको लागि अनुबन्ध चाहेको थियो ।

लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड दौरान चोट बोकेपछि सानेले २०१९ अगस्टयता खेलेका छैनन् । तर, उनी कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबल गतिविधि बन्द हुनुअघि प्रशिक्षणमा फर्किएका थिए । रिपोर्टअनुसार बायर्नले सानेलाई ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने तयारी गरेको छ । यसमा सिटी र साने सहमत हुनेमा बायर्न आशावादी छ ।

बायर्नले अघिल्लो सिजन नै सानेलाई ८८ मिलियन पाउन्डको प्रस्ताव गरेपनि सिटी असहमत देखिँदा सरुवा रोकिएको थियो । २४ वर्षीय सानेलाई अघिल्लो सिजन अनुबन्ध गर्न नसकिएपनि बायर्न यसपटक अनुबन्धमा सफल हुनेमा विश्वस्त छन् । बायर्नले जर्मन क्लब साल्केबाटै २०१६ मा अनुबन्ध प्रयास गरेपनि सिटीले बायर्नको भन्दा ११ मिलियन पाउन्ड (४७ मिलियन पाउन्ड) खर्चेपछि साने सिटी पुगेका थिए । बायर्नले त्यतिबेला पनि ३५ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो ।

सानेले यो सिजन सिटीका लागि एक खेल मात्रै खेलेका छन् । जुन त्यही कम्युनिटी शिल्ड रहेको थियो । उक्त खेलमा लिभरपुल पेनाल्टी सुटआउटमा विजयी भएको थियो । सानेले सिटीबाट समान दुई प्रिमियर लिग, कम्युनिटी शिल्ड र इएफएल कप तथा एक पटक एफए कप जितेका छन् ।

साने आफैंले पनि स्वदेश फर्केर खेल्ने चाहना गरेको बताइएको छ । यद्यपि प्रशिक्षक पेप गुआर्डिअोलाको स्विकृती पश्चात मात्र सिटीले बायर्नको प्रस्तावबारे विचार गर्नेछ । सिटी दुई सिजनका लागि च्याम्पियन्स लिगमा प्रतिबन्धित रहने सम्भावना रहेकाले पनि सानेले बायर्न जान खोजेका हुन् । उनले यसअघि जर्मनीमै फर्केर बुन्डेसलिगा जित्ने सपना पूरा गर्ने सोच बनाएको बताएका थिए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.