default_image

4 years ago

May 7, 2020

राकिटिचको बार्सिलोनमै बस्ने चाहना

एजेन्सी – क्लब छाड्ने तमाम चर्चाका बाबजुद क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले बार्सिलोनासँगको सम्झौता भर नै क्लबमा रहन चाहेका छन् । क्रोएसियन मिडफिल्डर नयाँ सिजनमा एट्लेटिको म्याड्रिड या सेभिल्ला फर्कने चर्चाका बीच उनको इच्छा भने अर्कै रहेको बताइएको छ । बार्सिलोनासँग उनको सम्झौता सन् २०२०/२१ सिजनको अन्तिम सम्म रहेको छ । क्लब भने उनलाई बिक्रि गरेर […]

32 views

0 Bookmark

एजेन्सी – क्लब छाड्ने तमाम चर्चाका बाबजुद क्रोएसियाका मिडफिल्डर इभान राकिटिचले बार्सिलोनासँगको सम्झौता भर नै क्लबमा रहन चाहेका छन् । क्रोएसियन मिडफिल्डर नयाँ सिजनमा एट्लेटिको म्याड्रिड या सेभिल्ला फर्कने चर्चाका बीच उनको इच्छा भने अर्कै रहेको बताइएको छ ।

बार्सिलोनासँग उनको सम्झौता सन् २०२०/२१ सिजनको अन्तिम सम्म रहेको छ । क्लब भने उनलाई बिक्रि गरेर क्लबलाई आर्थिक रुपमा बलियो बनाउन चाहन्छ । तर, उनी भने तत्काल क्याप नोउ छाड्न चाहदैनन् । उनी सम्झौता हुन्जेल बार्सिलोना बसेर फ्रि एजेन्टाम आफुले क्लब रोजेर जान चाहन्छन् ।

बार्सिलोनाले भने आकर्षक आर्थिक प्रस्ताव आएको खण्डमा भने साल्केका पूर्व मिडफिल्डरलाई विक्री गर्ने पक्षमा रहेको छ । यद्दपी उनका लागि अझै पनि राम्रो प्रस्ताव आउने सम्भावना भने रहेको छ । युभेन्ट्सका फेडोरिको ब्रेनाडेस्ची र राकटिक सट्टा गर्ने विषयमा पनि छलफल भएको थियो । तर उनी त्यहाँ जान खासै इच्छुक देखिएनन् ।

राकिटिचले यसअघि सेभिल्लाबाट पनि खेल्दै सफलता पूर्वक युरोपा लिगको उपाधि जितेका थिए । उनले हाललाई अन्यत्र जाने योजना नबनाएपनि बार्सिलोनाले भने अर्को सिजन उनलाई आफ्नो योजनामा समेट्ने सम्भावना कम छ । बढ्दो उमेर र सम्झौता नवीकरण नगर्ने भएकाले उनलाई समयमा नै अन्य क्लबमा विक्री गर्ने देखिन्छ । क्लबले नयाँ खेलाडीका लागि ठाउँ बनाउन पनि आर्थिक रुपमा राकीटिचलाई राख्न चाहन्न ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.