default_image

4 years ago

May 9, 2020

घरमै प्रशिक्षणमा रहेका रियलका जोभिच घाइते

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिच घरमै प्रशिक्षणका क्रममा घाइते हुन पुगेका छन् । स्पेनिस क्लब रियलले पनि आफ्नो खेलाडी जोभिचको दाया खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ ।  चोट बोकेसँगै उनी रियलको प्रशिक्षणमा फर्कने छैनन् । २२ वर्षीय जोभिक सोमबारदेखि रियलको प्रशिक्षणमा सामेल हुने तयारीमा थिए । रियल म्याड्रिडका मेडिकल […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिच घरमै प्रशिक्षणका क्रममा घाइते हुन पुगेका छन् । स्पेनिस क्लब रियलले पनि आफ्नो खेलाडी जोभिचको दाया खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ । 

चोट बोकेसँगै उनी रियलको प्रशिक्षणमा फर्कने छैनन् । २२ वर्षीय जोभिक सोमबारदेखि रियलको प्रशिक्षणमा सामेल हुने तयारीमा थिए । रियल म्याड्रिडका मेडिकल टोलीले जोभिचको परिक्षण गर्दै खुट्टाको हड्डी भाँचिएको (आर्टिक्युलर फ्याक्चर) भएको पुष्टि भएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रियलले उनी कहिले फर्कने भन्ने कुनै समयसीमा तोकेको छैन । तर, उनले अब ला लिगा पुन सुचारु भएको अवस्थामा उनले सबै खेल गुमाउन सक्ने अनुमान गरिएको छ । गत जुनमा जर्मन क्लब फ्रन्कफर्टबाट ६५ मिलियन युरोमा रियलमा आएका उनले पहिलो सिजन निकै संघर्ष गरिरहेका छन् । उनले यो सिजन रियलबाट २४ खेलमा मात्रै दुई गोल गरेका छन् ।

कोभिड १९ ले विश्वव्यापी रुप लिएपछि स्पेन पनि लकडाउन भएपछि उनले क्लबको अनुमति लिदै सर्विया पुगेका थिए । तर, उनी त्यहाँ प्रेमिकाको जन्मदिनमा लकडाउन तोडेको आरोपमा विवादित बन्न पुगेका थिए । उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने भएपनि नियमको पालना नगरेको आरोपमा पक्राउ परेका थिए । माफी मागेपछि उनलाई रिहा गरिएको थियो ।

रियलले बिहीबारदेखि खेलाडीको कोरोना परिक्षण गर्दै प्रशिक्षणमा फर्कने तयारी गरिरहेको छ । क्लबले तीन चरण पार गरेपछि मात्रै खेलाडीहरुलाई पुर्ण प्रशिक्षणमा सामेल गराउनेछ । क्लबले यसै साता आफ्ना खेलाडीहरुको परिक्षण गर्दा कुनै पनि खेलाडीमा कोरोना नदेखिएपछि रियलले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थाल्नेछ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.