default_image

4 years ago

May 9, 2020

बार्सिलोनाका युवा प्रतिभा जुराडो म्यानचेस्टर जाने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका युवा प्रतिभा मार्क जुराडो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । १६ वर्षीय जुराडोलाई म्यानचेस्टर युनाइटेडले आउदो समरमा अनुबन्ध गर्ने पक्का गरेको हो ।  बार्सिलोनाले युवा प्रतिभा जुराडोलाई क्लबमै बस्न आग्रह गरेपनि उनले युनाइटेड जाने निर्णय गरेको हो । पछिल्लो समय ला मासियामा हुर्किएका खेलाडीमध्ये […]

44 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका युवा प्रतिभा मार्क जुराडो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । १६ वर्षीय जुराडोलाई म्यानचेस्टर युनाइटेडले आउदो समरमा अनुबन्ध गर्ने पक्का गरेको हो । 

बार्सिलोनाले युवा प्रतिभा जुराडोलाई क्लबमै बस्न आग्रह गरेपनि उनले युनाइटेड जाने निर्णय गरेको हो । पछिल्लो समय ला मासियामा हुर्किएका खेलाडीमध्ये जुराडोलाई निकै प्रतिभावान खेलाडी रुपमा हेरिएको छ । जुराडो अर्काे सिजनपछि नै युनाइटेडको युथ एकेडेमीमा रहने छन् । उनी त्यहाँ राडिक चिटेक र जोए हुगिललगायत अन्य खेलाडीको साथमा रहनेछन् ।

बार्सिलोनाले यसअघि नै ला मासियामा हुर्किएका स्टार खेलाडी जेरार्ड पिकेसँगै, सेस फाब्रिगास र हेक्टर बेलेरिनजस्ता खेलाडी इंग्लिस क्लबमा गुमाएको थियो । सन् २००४ मा ला मासियामै हुर्किएका जेरार्ड पिकेले १६ वर्षकै उमेरमा म्यानचेस्टर युनाइटेड रोजेका थिए । अहिले पिके बार्सिलोनाबाटै खेलिरहेका छन् । जुराडोले बार्सिलोना छाड्ने चर्चा भएसँगै क्लबका समर्थकहरुले उनलाई क्लबमै राख्न दवाव दिइरहेका छन् ।

बार्सिलोनाले जुराडोलाई अर्काे सिजनसँगै सिनियर टोलीमै स्थान दिने योजना बनाइरहेको थियो । पछिल्लो समय ला मसियाका खेलाडीभन्दा क्लबले ट्रान्सफर बजारबाट खेलाडी खरिद गर्दा युवा प्रतिभाहरु अन्यत्र जान थालेका छन् । जुराडोको कप्तानीमा बार्सिलोनाको युथ टोली जुभेनिल ‘बी’ डिभिजनमा बढुवा नजिक रहेको थियो । तर, कोरोनाको कारण अहिले यो स्थगित अवस्थामा छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.