default_image

4 years ago

May 10, 2020

दोस्रो सेसनमै बार्सिलोनाका उम्टिटी घाइते

एजेन्सी – प्रशिक्षणमा फर्केको दोस्रो सेसनमै बार्सिलोनाका सामुइल उम्टिटी घाइते भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि युरोपियन फुटबल स्थगित भएको थियो । स्पेनिस लिग सुरु हुने मिति तय भइनसकेपछि प्रशिक्षण भने सुरु भएको थियो । बार्सिलोनाको दोस्रो सेसनमा उम्टिटी घाइते भएका छन् । सन् २०१६ मा बार्सिलोना पुगेका उम्टिटीले त्यसयता अनेक […]

32 views

0 Bookmark

एजेन्सी – प्रशिक्षणमा फर्केको दोस्रो सेसनमै बार्सिलोनाका सामुइल उम्टिटी घाइते भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि युरोपियन फुटबल स्थगित भएको थियो । स्पेनिस लिग सुरु हुने मिति तय भइनसकेपछि प्रशिक्षण भने सुरु भएको थियो ।

बार्सिलोनाको दोस्रो सेसनमा उम्टिटी घाइते भएका छन् । सन् २०१६ मा बार्सिलोना पुगेका उम्टिटीले त्यसयता अनेक कारणले सबै खाले प्रतियोगितामा गरि ५८ खेल गुमाइसकेका छन् । उनको मुख्य समस्या भनेको घुँडाको चोट रहने गरेको छ ।

उम्टिटीको दायाँ खुटाको पिडौलामा चोट लागेको उल्लेख गर्दै क्लबले उनी चाँडै उपलब्ध हुने विश्वास गरेको छ । बार्सिलोनाले अर्को सिजनका लागि विक्री गर्ने खेलाडीको सुचीमा उनलाई पनि राखेको बताइएको छ । पटक पटकको चोटका कारण उनले आफ्नो लयमा प्रदर्शन गर्न सकेका छैनन् । यो सिजन उनले १६ खेल मात्र खेलेका छन् ।

बार्सिलोनाले उनलाई विक्री गर्ने वा अन्य कुनै खेलाडीसँग सट्टा गर्ने योजना बनाएको छ । चोटको खतरा कम गराउनका लागि बार्सिलोनाले प्रशिक्षणमा सचेतना अपनाएको छ । विस्तारै प्रशिक्षणलाई कडा बनाउँदै लगिने योजना रहेको बताइएको छ । आइतबार भने प्रशिक्षण हुने छैन ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.