default_image

4 years ago

May 10, 2020

प्रिमियर लिगकै खेलाडीमा कोरोना संक्रमण

एजेन्सी – विश्व प्रसिद्ध इंग्लिस प्रिमियर लिग सुचारु हुने तयारी भइरहेको बेलामा क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सिइओ पउल बार्वरले शनिबार गरिएको परिक्षणमा एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । नाम नखुलाइएका उक्त खेलाडी अब १४ दिने सेल्फ आइसोलेसनमा रहने छन् । ब्राइटनका अर्काे खेलाडीमा […]

32 views

0 Bookmark

एजेन्सी – विश्व प्रसिद्ध इंग्लिस प्रिमियर लिग सुचारु हुने तयारी भइरहेको बेलामा क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सिइओ पउल बार्वरले शनिबार गरिएको परिक्षणमा एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

नाम नखुलाइएका उक्त खेलाडी अब १४ दिने सेल्फ आइसोलेसनमा रहने छन् । ब्राइटनका अर्काे खेलाडीमा पनि कोरोना पुष्टि भएपछि स्थगित भएको इंग्लिस प्रिमियर लिग पुनः सुचारु हुनेमा आशंका पैदा भएको छ । यसअघि मार्च २६ र अप्रिल २ मा क्लबका दुई खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । क्लबका सिइओ पउल बार्वरले एक साताको अवधिमा सुरक्षित हुने उपाय अपनाइरहेको र सोही अनुरुप प्रशिक्षण थाल्नु अघि सबै खेलाडीको कोरोना परिक्षण गरिरहेको छ ।

लिग सुचारु र न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबका सेयर होल्डरका सोमबार छलफल हुँदैछ । टिमहरुले १८ मे बाट प्रशिक्षणको सम्भावित हुने मिति हुन सक्ने आँकलन गरिएको छ । सिइओ बार्वरले त्यहाँ चिन्ता हुनु स्वाभविक रहेको र यि बाधा अड्चनका बीच पनि सुरक्षित र सकेसम्म जोखिम न्युनिकरण गर्ने कार्यमा अघि रहेको बताएका छन् । ब्राइटन अहिले प्रिमियर लिगको १५औं स्थानमा रहेको छ ।

प्रिमियर लिग १३ मार्चदेखि स्थगित भएको थियो । लिगमा यस सिजन ९२ खेल खेल्न बाँकी छ । यो सिजन लिभरपुल ३० वर्षपछि लिग उपाधिनजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । अबको दुई खेलमा जित हात पारे लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.