default_image

4 years ago

May 11, 2020

औवामियाङमा रियलको चासो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड गावोन तथा इंग्लिस क्लब आर्सनलका कप्तान पिएरे इम्रिक औवामियाङ अनुबन्ध नजिक पुगेको छ । रियल सेन्टर फरवार्ड औवामियाङलाई क्लबमा अनुबन्ध गर्न निकै चासो देखाइरहेको छ । रियलले फरवार्ड औवामियाङबारे निर्णय गर्न आर्सनललाई १५ जुनसम्मको समयसीमा तोकेको छ । औवामियाङको आर्सनलमा सम्झौता यो समरसँगै सकिदैछ । क्लब अहिले प्रिमियर लिगको नवौं स्थानमा […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड गावोन तथा इंग्लिस क्लब आर्सनलका कप्तान पिएरे इम्रिक औवामियाङ अनुबन्ध नजिक पुगेको छ । रियल सेन्टर फरवार्ड औवामियाङलाई क्लबमा अनुबन्ध गर्न निकै चासो देखाइरहेको छ ।

रियलले फरवार्ड औवामियाङबारे निर्णय गर्न आर्सनललाई १५ जुनसम्मको समयसीमा तोकेको छ । औवामियाङको आर्सनलमा सम्झौता यो समरसँगै सकिदैछ । क्लब अहिले प्रिमियर लिगको नवौं स्थानमा रहेका कारण च्याम्पियन्स र युरोपा लिग खेल्ने सम्भावना न्युन रहेका कारण पनि औवामियाङले आर्सनल छाड्न सक्नेछन् । औवामियाङको चाहना च्याम्पियन्स लिग खेल्ने र कम्तीमा पनि युरोपा लिग खेल्ने धोको छ । आर्सनल चौथो स्थानको चेल्सीभन्दा १८ अंकले पछि छ ।

त्यसैले पनि रियल औवामियाङलाई अनुबन्ध गर्न सफल हुनेमा आशावादी छन् । रियल र आर्सनलबीच औवामियाङको विषयमा केही सातामा नै निष्कर्षमा पुग्न सक्ने छ । औवामियाङलाई अनुबन्ध गर्न नसकेको खण्डमा रियलले अन्य सेन्टर फरवार्डको खोजीमा जुट्नेछ । रियलले आर्सनलबाटै लोनमा खेलिरहेका ड्यानी सेवालसलाई स्थायी रुपमा रियलमा बेच्दै औवामियाङलाई क्लबमा ल्याउन सक्नेछ ।

सेवालेसले आर्सनलमा उत्कृष्ट समय बिताइरहेका छन् । स्पेनिस मिडफिल्डर सेवालसले यो सिजन आर्सनलका लागि २४ खेल खेलेका छन् ।रियलले ला लिगामा यो सिजन २७ खेलमा मात्रै ४९ गोल गरेका छन् । रियलमा अहिले सेन्टर फरवार्डको रुपमा करिम बेन्जेमा मात्रै रहेका छन् । बेन्जेमाले १४ गोल गरेका छन् ।

२०१८ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट आर्सनल आएका ३० वर्षीय औवामियाङले यो सिजन ३२ खेलमा २० गोल गरेका छन् । रियलले औवामियाङ अनुबन्धको लागि बार्सिलोना, म्यानचेस्टर युनाइटेड, चेल्सी र इन्टर मिलानसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.