default_image

4 years ago

May 12, 2020

गुआर्डीओलालाई बार्सिलोना फर्काउने लापोर्टाको लक्ष्य

एजेन्सी – बार्सिलोनामा अपार सफलता हासिल गरेपछि युरोपका अन्य क्लबमा पनि लगातार उपाधि जितिरहेका प्रशिक्षक पेप गुआर्डीओलालाई बार्सिलोना फर्काउने पूर्व अध्यक्ष जोआन लापोर्टाले बताएका छन् । यसअघि आफ्नै कार्यकालमा लापोर्टाले गुआर्डीओलालाई क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । सन् २००३ देखि २०१० सम्म क्लबको अध्यक्ष रहेका लापोर्टाले क्लबमा निकै सफलता हासिल गरेका थिए । उनले […]

41 views

0 Bookmark

एजेन्सी – बार्सिलोनामा अपार सफलता हासिल गरेपछि युरोपका अन्य क्लबमा पनि लगातार उपाधि जितिरहेका प्रशिक्षक पेप गुआर्डीओलालाई बार्सिलोना फर्काउने पूर्व अध्यक्ष जोआन लापोर्टाले बताएका छन् ।

यसअघि आफ्नै कार्यकालमा लापोर्टाले गुआर्डीओलालाई क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । सन् २००३ देखि २०१० सम्म क्लबको अध्यक्ष रहेका लापोर्टाले क्लबमा निकै सफलता हासिल गरेका थिए । उनले पुन: क्लबको अध्यक्ष पदका लागि अर्को चुनावमा उठ्ने तयारी गरिरहेका छन् ।

गुआर्डीओलाले सन् २००८ देखि २०१२ को अन्तरमा बार्सिलोनालाई युरोपकै सर्वाधिक सफल क्लब बनाएका थिए । यसदौरान क्याटलान क्लबले ३ पटक ला लिगा र २ पटक च्याम्पियन्स लिग जित्दै कुल १४ ओटा उपाधि आफ्नो पोल्टामा पारेको थियो । क्लबले २ ओटा कोपा डेल रे तथा २ पटक क्लब विश्वकप उपाधि पनि जित्यो ।

सन् २०१२ मा बार्सिलोना छाडेपछि उनले जर्मन क्लब बायर्न म्युनिखमा जिम्मेवारी सम्हाले । त्यहाँ लगातार तीन पटक जर्मन बुन्डेसलिगा जितेपछि म्यानचेस्टर सिटीमा पनि उनले लय जारि राखे । प्रिमियर लिगमा उनले इतिहास रच्दै दुई पटक लिग उपाधि जितिसकेका छन् ।

लापोर्टाले सन् २००८ मा जोसे मोउरिन्हो उपलब्ध हुँदाहुँदै गुआर्डीओलालाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए । त्यसबेला उनको निर्णयलाई लिएर खुब आलोचना पनि भएको थियो । तर गुआर्डीओलाले उनीमाथि राखेको विश्वासमा खरो उत्रंदै बेग्लै इतिहास रचे ।

लापोर्टाले अब आफू अध्यक्ष भएमा पुन: गुआर्डीओलालाई बार्सिलोना ल्याउने बताएका छन् । ‘ म गुआर्डीओलालाई फिर्ता बोलाउन चाहन्छु । अहिले उनि सिटीमा छन् र उनको निर्णयमा भर पर्छ । उनी बार्सिलोनाका पहिचान हुन् र धेरैले उनलाई फिर्ता चाहन्छन्,’ लापोर्टाले भने ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.