default_image

4 years ago

May 14, 2020

बगैंचामा छोरासँग रोनाल्डोको अभ्यास

42 views

0 Bookmark

एजेन्सी – इटाली फर्केयता युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आइसोलेसनमा छन् । तर उनले घरमा पनि उनको सक्रियाता भने रोकिएको छैन । प्रशिक्षणमा फर्कनुअघि उनी घरमै प्रशिक्षण गरिरहेका छन् । टोलीका कुनै खेलाडी विनानै उनको प्रशिक्षण जारी छ ।

कोरोना भाइरस कोभिड १९ का कारण सिरि ए स्थागित भएपछि रोनाल्डो आफ्नो आमालाई भेट्न स्वदेश फर्केका थिए । विरामी आमासँग लामो समय बिताएर रोनाल्डो गत साता टुरिन फर्केका थिए । माडेरियामा रहँदा पनि उनले स्थानिय क्लबमा पुगेर अभ्यास गरेका थिए ।

रोनाल्डो परिवारसहित बुधबार टुरिन पुगेका थिए । पुन: सुरु हुने सम्भावना रहेको सिरि ए अघि उनी टोलीको प्रशिक्षणमा सामेल हुने अपेक्षा गरिएको छ । अहिले उनी १४ दिनको आइसोलेसनमा रहेका छन् ।

क्लबको प्रशिक्षणमा फर्कन अझै केहि कुर्नुपर्ने भएपछि रोनाल्डो बगैंचामा अभ्यासम व्यस्त हुन थालेका छन् । उनलाई प्रशिक्षणमा छोरा क्रिस्टियानो जुनियरले साथ दिइरहेका छन् । उनका छोरा पनि युभेन्ट्सको एकेडेमीमा प्रशिक्षण गर्छन् ।

बाबुछोराको अभ्यासको भिडियो इन्स्टाग्राममा पोष्ट गरिएको छ । रोनाल्डोले लेखेका छन्, ‘जस्तो बाबु उस्तै छोरा । सबैभन्दा माथि खुसी ।’

इटालीमा मे १८ देखि क्लबहरुलाई प्रशिक्षण गर्न स्विकृति दिइएको छ । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व स्टार रोनाल्डो मे ४ मा टुरिन फर्केका थिए । अब उनी टोलीको प्रशिक्षण सुरु हुँदा त्यसमा सामेल हुने विश्वास गरिएको छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.