default_image

4 years ago

May 14, 2020

सिरी ‘ए’ जुन दोस्रो सातादेखि गर्ने तयारी

43 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ आगमी जुन दोस्रो सातादेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । इटालियन सरकारले अनुमति दिएको खण्डमा लिग आयोजकले सिरी ‘ए’ १३ जुनबाट सुरु गर्ने तयारी गरिएको हो । 

लिग आयोजकको भिडियो कन्फ्रेन्समार्फतको बैठकले सरकारले अनुमति र मेडिकल प्रोटोकलका आधारमा जुन दोस्रो सातादेखि सिरी ‘ए’ पुनः सुरु गराउन सकिने बारे योजना अघि सारेको हो । सिरी ‘ए’ हुने सम्भावना रहेपछि इटलीका शीर्ष डिभिजनका क्लबहरुले मे पहिलो सातादेखि अभ्यासमा फर्किदा खेलाडीहरु व्यक्तिगत अभ्यास गरिहरेका छन् ।

क्लबहरुको आउदो सोमबादेखि सामुहिक अभ्यास थाल्ने बताइएको छ । गत हप्तामात्र फियोरेन्टिनाका खेलाडी तथा तीन स्टाफलाई तथा टोरिनोका खेलाडीमा समेत कोरोनाको संक्रमण देखिएको थियो । इटली कोरोनाबाट बढी प्रभावित हुने राष्ट्रमा पर्दछ । कोरोनाकै कारण धेरै खेलाडी समेत प्रभावित बनेका थिए ।

सिरी ‘ए’ गत मार्चको दोस्रो सातादेखि स्थगित भएको थियो । लिगमा अझै १२ चरणको खेल खेल्न बाँकी रहेको छ । सिरी ‘ए’ को २६ चरणको खेल सकिदा युभेन्टस ६३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ । युभेन्टस लगातार नवौंपटक सिरी ‘ए’ को उपाधि जित्ने अभियानमा छ ।

तर, इटली सरकारले अब कुनैपनि एक खेलाडीलाई कोरोना पुष्टि भएमा पुरै टिम नै दुई साताको लागि क्वारेन्टिनमा जानुपर्ने निर्देशन दिएपछि सिरी ‘ए’ रद्ध हुने खतरा बढेको छ ।
इटलीको स्वास्थ्य मन्त्रीले यदि एक खेलाडी वा स्टाफलाई संक्रमण देखिएमा पुरै टिम क्वारेन्टिनमा बस्नुपर्ने यदि त्यसो नभएमा पुरै सिजन रद्ध गरिने बताएका थिए । तर, यसबारे इटली सरकारले निर्णय गर्न बाँकी छ । सिरी ‘ए’ पुनः सञ्चालन गर्नका लागि इटली सरकारले यसअघि पनि अवस्था सामान्य नहुँदासम्म सम्भव नहुने बताएको थियो ।

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.