default_image

4 years ago

May 14, 2020

फिफाको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने

एजेन्सी – विश्व फुटबलको निकाय (फिफा) ले हरेक वर्ष आयोजना हुदै आएको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो । तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा २३ सेप्टेम्बरमा हुने तालिका थियो । […]

55 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको निकाय (फिफा) ले हरेक वर्ष आयोजना हुदै आएको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो ।

तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा २३ सेप्टेम्बरमा हुने तालिका थियो । समारोहमा हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिने कार्यक्रम थियो । अवार्ड नै नहुने भएपछि यो वर्षको सुची खाली हुने भएको छ । फिफाले कोरोनाका कारण सबै प्रतियोगिताहरु एकपछि अर्को गरि स्थगित भएको अवस्थामा उत्कृष्ट खेलाडीको अवार्ड आयोजना गर्नु उचित नभएको जनाएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीच उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।

फिफाले कोरोना भाइरसकै कारण यसअघि यु–२० र यु–१७ महिला विश्वकप स्थगित गरिसकेको छ । २०२१ हुने फुटसल विश्वकप पनि स्थगित गरिसकेको छ । अहिलेसम्म फिफाले स्थगित नगरेको प्रतियोगिता क्लव विश्वकप रहेको छ । जुन आबुधावीमा डिसेम्बरमा हुने कार्यक्रम तय छ । यस्तै वर्षको उत्कृष्ट खेलाडीले पाउने युरोपियन गोल्डेन बुट अवार्ड र बालोन डि ओर पनि यो वर्ष नहुने शंका बढेको छ ।

फिफा द बेस्ट अवार्ड २०१६ बाट शुरु भएको हो । द बेस्ट अवार्डको पुरुषतर्फ पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोले दुईपटक तथा अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सी र क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले समान एकपटक यो अवार्ड जितेका छन् ।

रोनाल्डोले पहिलो र दोस्रो संस्करणमा यो अवार्ड जित्दा तेस्रोमा मोड्रिच र चौथोमा मेस्सीले यो अवार्ड आत पार्न सफल भएका थिए । सबै चारै संस्करणमा रोनाल्डो र मेस्सी शीर्ष तीनमा समेटिएका छन् ।

सन् २०१० मा फिफा वर्ल्ड प्लेयर अफ दि इयर र बालोन डिओर मर्ज भएपछि ६ वर्षसम्म फिफा बालोन डिओरबाट अवार्ड प्रदान गरिदै आएको थियो । तर, २०१६ मा पुन: यी दुई अवार्ड अलग भएका थिए । यो अवार्डमा दि बेस्ट फिफा पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, ‘ड्रिम टिम, फेयर प्ले अवार्ड, फिफा पुस्कास अवार्ड फ्यान अवार्ड र आउटस्ट्यान्डिङ करियरको विधामा अवार्ड प्रदान गरिदै आएको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.