default_image

4 years ago

May 15, 2020

सेटिनको ब्रान्डले च्याम्पियन्स लिग जित्न नसकिने मेस्सीको दावी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले टोलीका प्रशिक्षक क्विके सेटिनको ब्रान्डले बार्सिलोनाले यो सिजन युइएफए च्याम्पियन्स लिग जित्न नसकिने दावी गरेका छन् ।  प्रशिक्षक सेटिन गत जनवरीमा इर्निस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका थिए । उनकै प्रशिक्षणमा गत मार्चमा बार्सिलोनाले इएल क्लासिकोमा २–० को हार बेहोरेको थियो । यद्दपि बार्सिलोना स्पेनिस ला […]

40 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले टोलीका प्रशिक्षक क्विके सेटिनको ब्रान्डले बार्सिलोनाले यो सिजन युइएफए च्याम्पियन्स लिग जित्न नसकिने दावी गरेका छन् । 

प्रशिक्षक सेटिन गत जनवरीमा इर्निस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका थिए । उनकै प्रशिक्षणमा गत मार्चमा बार्सिलोनाले इएल क्लासिकोमा २–० को हार बेहोरेको थियो । यद्दपि बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा नै रहेको छ । बार्सिलोनाको ५८ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ५६ अंक छ ।

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक छ । प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनााले इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको छ । बार्सिलोनालाई घरेलु मैदानमा अवे गोल र सम्भावित घरेलु मैदानको फाइदा हुनेछ । तर, मेस्सीले उनकै प्रशिक्षणमा अहिलेकै रणनीतिले खेल्ने हो भने अघिल्लो चरण पुग्ने झिनो सम्भावना रहेको बताएका छन् ।

कप्तान मेस्सीले प्रशिक्षकसँगको मन मुटावलाई मनमा लिएमा र आफ्नो प्रदर्शन नसुधारेमा च्याम्पियन्स लिग जित्ने नसोचेपनि हुने बताएका छन् । बार्सिलोना गत सातादेखि व्यक्तिगत प्रशिक्षणमा फर्किसकेको छ । ला लिगा जुन दोस्रो सातादेखि पुनः सुचारु गर्ने तयारी गरिरहेको छ ।

‘मैले जे भनें, प्रशिक्षक सेटिनले गलत बुझे । हाम्रो नतिजा राम्रो भइरहेको थिएन । हामी ला लिगाको खेलपछि दोस्रो लेग घरेलु मैदानमा खेल्दै थियौं । यस्तो अवस्थामा नतिजा आफ्नो पक्षमा पार्न कठिन हुनेछ,’ मेस्सीले स्पेनिस पत्रिका स्पोर्ट्ससँगको अन्तर्वार्तामा भने, ‘मैले मेरो टोलीको खेलाडीको बारेमा कुनै शंका गरेको होइन । हामी जित्न सक्छौं । तर, हामीले खेल्ने तरिकाले होइन ।

‘अहिले सबैबाट आएको प्रतिक्रिया सम्मानजनक छन् । म भाग्यमानी छु । मैले हरेक सिजन च्याम्पियन्स लिग खेल्न पाइरहेको छु । तर, मलाई थाहा छ कि यसरी खेलेर मात्रै च्याम्पियन्स लिग जित्न सकिँदैन ।’

रियल बेटिसका पुर्व प्रशिक्षक सेटिनले बार्सिलोना आए लगत्तै खेलाडीहरुलाई च्याम्पियन्स लिग र ला लिगा दुवै जित्न चाहेको बताएका थिए । बार्सिलोना ला लिगामा शीर्षस्थानमा तथा च्याम्पियन्स लिगको पनि क्वाटरफाइनल नजिक छ ।

मेस्सीले लामो समयको ब्रेकले च्याम्पियन्स लिगमा फर्कन सक्नेमा आशावादी रहेको बताएका छन् । ‘यो लामो विश्रामले हामीलाई पक्कै फाइदा हुने छ । तर, च्याम्पियन्स लिग हुने नहुने भन्न सकिने अवस्था छैन । सुरु भएको अवस्थामा हाम्रो स्तर परिक्षण हुनेछ । कि हामी त्यो भन्दा हघि बढ्न सक्छौं कि सक्दैनौ,’ मेस्सीले भने ।

मार्च ७ मा रियल सोसिडाडविरुद्ध जित हात पारेयता स्पेनिस ला लिगा स्थगित छ । ला लिगामा अझै ११औं चरणको खेल खेल्न बाँकी छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.