default_image

4 years ago

May 16, 2020

स्थगित बुन्डेस लिगा आजदेखि, ६ खेलमा प्रतिस्पर्धा

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ ।  फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग (डिएफएल) ले जर्मन बुन्डेस लिगा क्लोज […]

39 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ । 

फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग (डिएफएल) ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा गर्ने निर्णय ग¥यो । जर्मन चान्सलरले सावधानी अपनाएर खेलकुद गतिविधि गर्न ग्रीन लाइटको सिग्नल दिएपछि डिएफएले १६ मेदेखि लिग आयोजना गर्ने जोखिम मोल्यो ।

यससँगै झन्डै ६४ दिनपछि युरोपियन फुटबल फर्कने भएको छ । अर्थात कोरोनाका कारण स्थगित रहेको फुटबलका ठुला प्रतियोगिताहरुमा बुन्डेसलिगा पहिलोपटक सुचारु हुँदैछ । शनिबारदेखि शुरु हुने बुन्डेस लिगामा युरोपका अन्य देशका घरेलु लिग आयोजकसँगै विश्वको ध्यान जर्मनीमा केन्द्रित हुनेछ । कोरोनाको संक्रमणको त्रास अझैपनि कायम रहँदा सबै खेलहरु बन्द रंगशालामा हुनेछ ।

बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुनेछ । जसमा सबैको ध्यान युवा स्टारहरुले भरिएको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेलमा हुनेछ । शनिबार अग्सवर्ग र वल्सवर्ग, डर्टमन्ड र साल्के, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । बायर्न म्युनिख आइतबार युनियन बर्लिन भ्रमणमा निस्कने छ ।

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । बुन्डेस लिगामा बायर्न शीर्षस्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ । पाँच खेल एक समयमा शुरु हुनेछ । खेल नेपाली समय अनुसार ७ः१५ बजेपछि शुरु हुनेछ ।

धेरै चाँसो रहेका बेला जर्मन फुटबलले विशेष सावधानी अपनाएर लिग सुचारु गर्न पुगेको हो । शीर्ष डिभिजन क्लवहरुले स्वास्थ्य नियमको पालना गर्दै प्रशिक्षणमा फर्किए । जर्मन फुटबलले बुन्डेस लिगा सुचारुका लागि एक भेन्युमा ३०० भन्दा बढीलाई प्रवेशमा निशेष गरिएको छ । टिमको एक सातामा दुईपटक कोरोना परिक्षण गरिनेछ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.