default_image

4 years ago

May 18, 2020

फुटबल चाँडै फर्केनमा मेस्सी आशावादी

45 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लियोन मेस्सीले कोरोना भाइरसका कारण गर्नुपरेको बन्दले सबैलाई कठिन भएको स्वीकार गर्दै छिट्टै फुटबल फर्कने विश्वास गरेका छन् ।

अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सी ती खेलाडीमा पर्दछन् जसले घरको बगैंचामा प्रशिक्षणलाई निरन्तरता दिएर आफ्नो फिटनेसलाई कायम राख्ने प्रयास गरेका थिए ।

‘शारीरिक रुपमा म एकदम ठीक छु । घरमा हुँदै पनि मैले अभ्यास गरिरहें यसले मलाई फिट रहि रहन मद्दत गर्यो’, उनले भने, ‘यो बन्दको समय निकै कठिन रह्यो । तर बच्चा र एन्टोनेलासँग समय बितायो । परिवारसँग रमाए । कठिन समय भएपनि परिवारको साथले सहयोग गर्यो ।’

झन्डै दुई महिनादेखिको स्थगनले केहि राम्रो भएको उनले सुनाए । ‘यो विश्रामले हामीलाई केहि फाइदा भएको छ’ , उनले भने, ‘अब प्रतिस्पर्धा कहिलेबाट सुरु हुन्छ त्यो हेरौं । हामीले आफ्नो अवस्था पनि थाहा पाउनेछौं जति बेला प्रतिस्पर्धा हुनेछ ।’

विश्रामपछि पहिलो कदम भने प्रशिक्षण सुरु गर्नु भएको मेस्सीले बताए । ‘अझै पनि सुरुवातका लागि पुरै आत्मविश्वास आइसकेको छैन । हामीले सबै खासे सावधानी अपनाउन जरुरी छ’ , उनले थपे, ‘बन्द रंगशालामा खेल्नु पर्ने अवस्था छ ।’

मेस्सीले व्यक्तिगत रुपमा भने प्रतिस्पर्धामा फर्कन आतुर रहेको सुनाए । ‘हामीलाई थाहा छ अहिले समर्थकलाई रंगशाला आउने अनुमति हुने छैन । प्रशिक्षणमा पनि त्यस्तै छ’, उनले भने, ‘हामी पनि आफ्नो परिवारबाट अलग हुन चाहदैनौं । हेरौ यो सब कसरी अन्त्य हुनेछ ।’

इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजका विषयमा पनि मेस्सीले खुलेर बोलेका छन् । मेस्सीले कोपा अमेरिकाका क्रममा मार्टिनेजसँग खेलेका थिए । अहिले उनीसँग क्लबको छलफलका विषयमा भने आफुलाई थाहा नभएको मेस्सीले बताएका छन् ।

‘अहिले छलफल कहाँ पुगेको छ मलाई थाहा छैन’, उनले भने, ‘मैले पहिला पनि भनेको छु उनी प्रभावशाली फरवार्ड हुन् । उनी बलियो छन्, राम्रो ड्रिबल गर्छन, गोल गर्छन् । उनी पूर्ण खेलाडी हुन् । तर अब उनी वा अरु खेलाडीका विषयमा के हुन्छ म भन्न सक्दिन ।’

केहि अघि मेस्सीले प्रशिक्षक कीके स्टेनीको नेतृत्वमा च्याम्पियन्स लिग जित्न नसक्ने बताएका थिए । ‘मलाई हाम्रो टोलीमा शंका छैन । हामी ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छौं’, उनले भनेका थिए, ‘तर अहिले हामी जसरी खेलिरहेका छौं त्यो च्याम्पियन हुने खालको छैन ।’

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.