default_image

6 years ago

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

278 views

0 Bookmark

विजय नेपाली , पोखरा

गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् ।

मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग आयोजना भएको थियो । २६ मध्ये ८ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । सागमा यस प्रदेशका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ, नीति तथा कार्यक्रममा समेटिएको छ । सागमा गण्डकी प्रदेशका ३७ खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् । जसमा ४ खेलाडीले स्वर्ण २२ खेलाडीले रजत तथा १३ खेलाडीले कास्य जितेका छन् ।

सागका पदक विजेता खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेको छ । अन्य केहि प्रदेशले पनि आ आफ खेलाडीलाई सम्मान गरिसकेको छ । सागका स्वर्ण पदक विजेताले सरकारबाट प्रति महिना ६ हजार मासिक प्रोत्साहन भत्ता पाउनेछन् । गण्डकी प्रदेशका नविन रसाइली कराते (वाग्लुङ) र स्याङ्जाकी प्रशांसा क्षेत्रीले स्वर्ण हात पारेका थिए । टेनिस इतिहासमा पहिलो पटक नविन पुनमगर र प्रदिप खड्काले कास्य जित्दै इतिहास रचेका थिए ।

महिला भलिबल टोलीले सागको इतिहासमै अहिले सम्मकै ठूलो सफलता हासिल गर्ने क्रममा रजत पदक जितेको थियो । भलिबल टोलीको नेतृत्व म्याग्दीकी अरुण शाहीले गरेकी थिइन् । त्यस्तै महिला फुटबलमा नेपालले रजत पदक जितेको थियो । जसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सावित्रा भण्डारी सम्बा गण्डकीकै हुन् । लम्जुङकी साम्बा एपिएफमा आबद्ध छन् ।

साम्बाले सोही सागका दौरान नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी थिइन् । उनको नाममा ३८ गोल छ । एपिएफकी अनु लामा (३५ गोल) को कीर्तिमानलाई सम्बाले आफ्नै प्रदेशमा तोडेकी थिइन् । महिला फुटबल पोखरा रंगशालामा आयोजना भएको थियो । महिला ह्याण्डबलमा पनि गण्डकी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै प्रदेश सरकारले खेलकुदको पुर्वाधार निमार्णलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकारको खेलकुद पुर्वाधार विकास योजना अन्तरर्गत रहेको बहुउदेश्यीय रंगशाला, अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला, हाइअल्टिच्युड खेल मैदान र एक स्थानीय तह एक खेल मैदानको योजनालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपाल सरकारसंगको सहकार्यमा प्रत्येक जिल्लामा रंगशाला निमार्ण गर्ने नीति लिइनेछ उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ, स्थानीय तहसंगको सहकार्यमा २२ गाउँपालिका र ५ नगरपालिकामा खेल मैदान र रंगशाला निर्माणको कार्य अगाडि बढाइनेछ । प्रदेश सरकार संग प्रतियोगिता सम्पन्न भएको ६ महिना सम्म पनि पदक विजेता खेलाडी तथा प्रशिक्षकको तथ्याङ्क थिएन् । प्रदेश सरकारले केहि दिन अघिमात्र नामावली तथा तथ्याङ्क तयार गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुद समावेश भएन 

नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा हुने यसै वर्ष आयोजना गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विषय भने भने समेटिएको छैन् । नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि आयोजना गर्ने घोषणा भएको छ । यसले प्रदेश स्तरबाट हुनुपर्ने तयारीको सन्दर्भमा भने केहि अन्योलता देखिएको छ । कोरोना भाइरसको कारणले पूर्वाधार निमार्णमा असर परिरहेको अवस्थामा प्रदेश सरकारले आफ्नो योजनामा समावेश नगर्दा थप ढिलाइ हुने सम्भावना समेत देखिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खेल पुर्वाधार निमार्ण एवम् मर्मत सम्भार गर्नको लागि ४३ करोड ७० लाख रुपैँया माग गरेको थियो । त्यस्तै प्रदेश सरकार संगपनि २ करोड ८८ लाख रुपैँया माग गरेको छ । प्रदेशको ११ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुदै आएका छन् ।

१३ औं सागमा पदक जित्ने गण्डकी प्रदेशका खेलाडी

स्वर्ण पदक (४) – नविन रसाईली, कराँते (बाग्लुङ), पार्वती गुरुङ, तेक्वान्दो (लमजुङ), प्रशंसा क्षेत्री, तेक्वान्दो (स्याङ्जा) र सुमन अर्याल, फुटबल (नवलपुर)

रजत पदक (२२) – जमुना थापा, साइक्लिङ (कास्की), उषा खनाल, साइक्लिङ (कास्की), अनु गुरुङ, कराते (तनहुँ), अरुणा शाही, भलिबल (म्याग्दी), सावित्रा भण्डारी, फुटबल (लमजुङ), विन्दु पुन उसु (म्याग्दी), दिनेख खनिया, टेबल टेनिस (लमजुङ), उषा भण्डारी, भलिबल,(तनहुँ), साफिया पुन, भलिबल (बाग्लुङ), हिरा केसी भलिबल (पर्वत), कमला पुन, भलिबल (म्याग्दी), एलिना गुरुङ, बास्केटबल (कास्की), रचना श्रेष्ठ, बास्केटबल (गोरखा), अनुषा मल्ल, बास्केटबल (तनहुँ), प्रिती तुलाचन, बास्केटबल (बाग्लुङ), दुवाना लामा (२), पौडी (मनाङ), केशरी थापामगर,ट्रायथोलन (तनहुँ), धनमाया दर्लामी, खो खो (बाग्लुङ), झिनमाया थापा, ह्याण्डबल (कास्की), बक्सिङ संगीता सुनार, बक्सिङ (कास्की), सिता पाठक, फेन्सिङ (स्याङजा) र निमा गुरुङ, तेक्वान्दो (मुस्ताङ) ।

कास्य पदक (११) – राजकुमार रसाईली, कराते (बाग्लुङ), सोमबहादुर कुमाल, एथलेटिक्स (गोरखा), योगेन्द्र शेचरन, आर्चरी (कास्की), प्रदीप खड्का, टेनिस, नविन मगर, टेनिस, (म्याग्दी), कृष्ण थापा, स्क्वास (गोरखा), अमृत थापामगर, स्क्वास (गोरखा), शिवबहादुर बराम, जुडो (गोरखो), करण केसी, क्रिकेट (बाग्लुङ), तारादेवी पुन, भारोत्तोलन (म्याग्दी) र मनकुमारी कुमाल, भारोत्तोलन (तनहुँ)

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.