6 years ago
June 6, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफुमाथि सांसद प्रदीप यादवले लगाएको गम्भिर आरोपको जवाफ प्रतिनिधि सभाको बैठकबाटै दिने बताएका छन् ।

पर्साका सांसद यादवले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का कर्मा छिरिङ शेर्पाले तराईमा राष्ट्रियताको कमी रहेको भन्ने विवादास्पद अभिव्यक्तिको छानबिनको माग गर्ने क्रममा खेलकुद मन्त्रीले १७ करोड रुपैयाँ लिएको आरोप लगाएका थिए । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ शुक्रबार संसद यादवको उनको आरोप थियो, ‘एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ ।’
‘मेरो मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ मैले सोमबार (जेठ २६ गते) जवाफ दिदैछु,’ मन्त्री विश्वकर्माले भने, ‘त्यहि जवाफमा दिने क्रममा सांसद यादवले म माथि लगाएको आरोपको खण्डन मात्रै गर्ने होइन उहाँलाई स्पष्ट पार्न पनि भन्नेछु । उहाँको शब्दमा जाने हो भने १७ करोड रुपैयाँ लिएको आरोप लगाउनु भएको छ । सदनमा उठेको विषयलाई सदनबाटै जवाफ दिनु उपयुक्त हुन्छ ।’
मन्त्री विश्वकर्माले सांसद यादव आफ्नो भनाईमा कायम रहने हो भने १७ करोड रुपैयाँ लिएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । ‘सांसद यादवले एन्फाका अध्यक्ष शेर्पाका विषयमा प्रसंग उठाउनु भएकाले १७ करोड रुपैयाँको बहुउद्देश्यीय ट्रेनिङ सेन्टर मेरो निर्वाचन क्षेत्रमा बनाउने एन्फा निर्णयसँग जोडेर भन्नु भएको होला भन्ने आयशमा बुझे,’ मन्त्री विश्वकर्माले भने, ‘तर, मिडियामा त्यो विषय जसरी आयो त्यसले मलाई गम्भिर बनाएको छ । म सदनमै हुँदा उहाँ जसरी उहाँको अभिव्यक्ति आयो । त्यो अपुरो र आरोप लगाउने खालको छ । त्यस मेरो आपत्ति छ । ‘

मन्त्री विश्वकर्माले सुशासन र आर्थिक पारदर्शिताका विषयमा आफु सुरुवातबाटै प्रष्ट रहेकोमा पनि जोड दिएका छन् । मैले आफु मातहतका सबै निकायमा सधै प्रष्ट भन्ने गरेको छु, आर्थिक पारदर्शिता पहिलो प्राथमिकतामा रहन्छ । एन्फाले सोमबारको बैठकमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भेडागाउँमा एन्फा एकेडेमी निर्माणमा गर्नका लागि १७ करोड ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।
सांसद यादवले मेधसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत खेलकुद मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।
सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले अनलाईन अन्तवार्ता दिने क्रममा मेधेसीलाई राष्ट्रियता आउँदैन राष्ट्रियता सिकाउनुपर्छ भनेको उल्लेख गर्दे भनेका थिए, ‘त्यो पनि कसको मार्फत सेनाको मार्फत । सेनालाई पनि मुछ्नुभएको छ । मधेसीलाई उहाँले राष्ट्रिय सिकाउने हो ? मधेसीलाई राष्ट्रिय आउँदैन ? मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ ।’

उनले एन्फा शेर्पाले मन्त्री विश्वकर्माकै ताकतमा त्यस्तो बोलेको आरोप समेत लगाएका थिए । सांसद यावदले एन्फा अध्यक्ष शेर्पाले देश टुक्राउने सम्म अभिव्यक्ति दिएको आरोप समेत लगाएका थिए । ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।
‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’
शेर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् ।

सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’
सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए । ४ जिल्ला अध्यक्षले शेर्पालाई कारवाही गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई उजुरी बुझाएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]