5 years ago
June 19, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड र भ्यालेन्सियाबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

खेलको १० औं मिनेटमा घरेलु टोली रियलका फरवार्ड करीम बेन्जेमाको प्रहारलाई गोलरक्षक जास्पर सिलेसेनले बचाए । त्यसको एक मिनेट नबित्दै बेन्जेमाको पासमा इडेन हाजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे ।
१६ औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया अग्रता लिनबाट बन्चित भयो । रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले हल्का छोएपछि पोस्टमा लाग्दै बाहिरिएको थियो ।
खेलको २१ औं मिनेटमा भ्यालेन्सियाका रोड्रीगो मोरेनोले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोग लिँदै त्यसलाई मान्यता दिएनन् । कार्लोस सोलेरको पासमा रोड्रीगोले गोल गरेपनि बल त्यहाँसम्म पुग्दा अफसाइड रहेका खेलाडीलाई छुँदै गएको रेफ्रीको ठहर थियो ।

२९ औं मिनेटमा ड्यानी कार्भाजल पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा रहेपनि सिलेसेनले राम्रो बचाउ गरे । ३९ औं मिनेटमा कार्भाजलको क्रसमा बेन्जेमाको हेडरले पोस्टको दिशा लिन सकेन ।
४३ औं मिनेटमा भ्यालेन्सियाका जिओफ्री कोन्डोग्बियाले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक कोर्टुवाले सुन्दर बचाउ गरे । त्यसको एक मिनेटपछि क्रुसको कर्नरमा क्यसेमिरोको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो । इन्ज्युरी समयमा हाजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकले सहजै बचाए ।
भ्यालेन्सियाविरुद्ध जित निकाल्न सकेको अवस्थामा रियलले पुन: शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी २ मा छोट्याउने छ । बराबरीले ४ तथा हारले ५ अंकले पछि पर्दै उपाधि यात्रा झिनो बन्नेछ । यस्तोमा रियल निश्चित जितकै लागि खेल्नेछ ।
यो पनि पढ्नुहोस : ‘रोनाल्डो एक्लैले जादु गर्न सक्दैनन्’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]