default_image

4 years ago

June 22, 2020

पहिलो हाफम रियल म्याड्रिड-सोसीडाड बराबरीमा

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिड र रियल सोसीडाड भिड्दैछन् । सोसीडाडको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एलेक्स रेमिरोले विफल पारे । लगत्तै क्यासेमिरोले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारले रेमिरोलाई समस्या दिन सकेन ।

४३ औं मिनेटमा रियलले अर्को अवसर सदुपयोग गर्न सकेन । भिनिसियसको प्रहारलाई गोलरक्षक रेमिरोले विफल पारे । उक्त रिबाउन्डमा बेन्जेमाले गोल गर्ने प्रयास गर्दा रेफ्रीले अफसाइडको संकेत दिएका थिए । भिनिसियसले आफ्नो तीव्र गतिको फाइदा उठाउँदै लगातार विपक्षी डिफेन्सलाई समस्या दिइरहेका छन् ।

यस खेल जितेको खण्डमा रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ । हाल बार्सिलोनाले अंक तालिकामा ३ अंकको अग्रता लिएको छ । ला लिगामा समान अंक भएको अवस्थामा हेड टु हेड नियम लागु हुनेछ । रियल सोसीडाडलाई पनि युरोपेली प्रतियोगितामा छनोट हुन् जित आवश्यक रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.