default_image

4 years ago

July 5, 2020

प्रिमियर लिगमा आज राति चार खेल

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति ३३औं चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । च्याम्पियन बनिसकेको लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछन् ।

लिभरपुलले एनफिल्डमा एस्टन भिल्लालाई आतिथ्यता गर्नेछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । घरेलु मैदानमा लिभरपुल सहज जित निकाल्दै अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग बेहोरेको लज्जास्पद हारलाई बिर्सने कोशिसमा हुनेछ ।

यता, भिल्ला लिभरपुलबाट अंक खोस्दै रेलिगेसन बच्ने दाउँमा हुनेछ । लिभरपुललाई पराजित गर्न सके भिल्लाले १६औं स्थानको वेस्टह्यामसँग अंक बराबरी गर्नेछ । भिल्ला २७ अंक जोडेर १८औं स्थानमा छ । लिभरपुलको ८६ अंक छ ।

यस्तै सिटीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ११ः४५ बजे हुनेछ । सिटी घरेलु टोलीलाई हराएर लिभरपुलसँगको अंक दुरी थप छोट्याउने दाँउमा हुनेछ । साउथह्याम्पटन पनि जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । सिटीको ६६ अंक जोडेर दोस्रो स्थानमा साउथह्याम्पटन ४० अंक जोडेर १४औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नलीले सेफिल्डसँग तथा न्युकासलले वेस्ट ह्यामसँग खेल्नेछ ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.