default_image

4 years ago

July 13, 2020

ग्रिजमनले ला लिगा नखेल्ने खतरा

45 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले यस सिजन अब फेरी ला लिगा नखेल्ने खतरा देखिएको छ ।

शनिबार रियल भालाडोलिडविरुद्ध खेलका दौरान चोट बोकेपछि ग्रिजमनले पहिलो हाफ मात्र खेलेका थिए । दोस्रो हाफमा उनको स्थानमा लुइस सुआरेज मैदान प्रवेश गरेका थिए । उक्त खेलमा लिओनेल मेस्सीको पासमा आर्टुरो भिडालले गोल गर्दै १-० को जित दिलाएका थिए ।

खेलपछि ग्रिजमनको परिक्षण गर्दा बायाँ तिघ्रामा समस्या देखिएको छ । उनले केहि साता विश्राम गर्नुपर्ने प्रारम्भिक परिक्षणले देखाएको छ । गत सिजन १ सय २० मिलियन युरोमा एटलेटिको म्याड्रिडबाट आएका ग्रिजमनले यस सिजन अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् ।

बार्सिलोनाले बिहीबार लिगअन्तर्गत ओसासुनाविरूद्ध खेल्दैछ । उक्त खेलमा ग्रिजमनले नखेल्ने पक्का भइसकेको छ । जारी सिजन २५ खेलमा मात्र ९ गोल गरेका उनले अब अर्को खेल खेल्ने सम्भावना निकै कम छ । बार्सिलोनाले अगस्टमा च्याम्पियन्स लिगमा समेत खेल्ने हुनाले बार्सिलोनाले उनीमाथि जोखिम नलिने बलियो सम्भावना छ ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.