default_image

4 years ago

July 19, 2020

टोटेनहम र लेस्टर भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले टोटेनहमको मैदान टोटेनहम हस्टपर स्टेडियमको भ्रमण गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । लेस्टर सिटी घरेलु टोलीलाई पराजित गर्दै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने दाँउमा हुनेछ ।  टोटेनहमलाई पराजित गर्न सके […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले टोटेनहमको मैदान टोटेनहम हस्टपर स्टेडियमको भ्रमण गर्दैछ । 

खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । लेस्टर सिटी घरेलु टोलीलाई पराजित गर्दै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने दाँउमा हुनेछ ।  टोटेनहमलाई पराजित गर्न सके लेस्टरले एक खेल कम खेलेको चेल्सीलाई २ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लने अवसर छ । त्यसैले लेस्टर टोटेनहमविरुद्ध ३ अंकको खोजीमा मैदानमा उत्रनेछ । जेमी भार्डी हाभ्रे वार्नेस र एयोजी पेरेज टोलीको मुख्य हतियार हुनेछन् ।

यता, टोटेनहम पनि घरेलु मैदानमा लेस्टरलाई हराउदै छैटौं स्थानमा उक्लने लक्ष्यमा हुनेछ । ५५ अंक रहेको टोटेनहमले लेस्टरलाई हराएमा एक खेल कम खेलेको वल्भ्सलाई पछि पार्दै शीर्ष ६ मा उक्लनेछ । वल्भ्स ५६ अंक जोडेर छैटौ स्थानमा छ । टोटेनहमका लागि ह्यारी केन, ह्युङ मिन सन, लुकास मोउरा, जियोभानी लो सेल्सो, मोउसा सिसोकोको साथ रहनेछ ।

अर्काे खेलमा बर्नमाउथ र साउथह्याम्टनबीच साँझ ६ः४५ बजे प्रतिस्पर्धा हुदैछ । बर्नमाउथ रेलिगेसन क्षेत्रबाट उम्कने दाँउमा रहँदा साउथह्याम्टन अंक तलिका सुधार गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । साउथह्याम्पटन ४६ अंक जोडेर १२औं स्थानमा रहँदा बर्नमाउथ ३१ अंक जोडेर १८औं स्थानमा छ ।

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.