default_image

4 years ago

July 23, 2020

इन्टर मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ । घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन […]

34 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ ।

घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन लागेपनि गोलरक्षक पिएट्रो टेरासियानोले बचाए । रिवाउन्डमा रोमेलु लुकाकुको प्रहारलाई पनि गोलरक्षक पिएट्रोले विफल पारे ।

१०औं मिनेटमा एन्टेनियो क्यानड्रेभाको क्रसमा निकोलो वारेल्लाको प्रहारमा गोलरक्षक पिएट्रो नै बाधक बन्दा इन्टर अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा रोमेलु लुकाकुको प्रहार पोस्टमा लाग्दै बाहिरिदा इन्टरले अग्रता लिने अवसर गुमायो । ५२औं मिनेटमा लुकाकुको अर्काे प्रहार पनि पोस्टमा लाग्दै बाहिरियो ।

५६औं मिनेटमा फियोरेन्टिनाले गोल गर्ने अवसर खेर फाल्यो । त्यसपछि दुवै टोलीले केही आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

बराबरीसँगै इन्टर ३५ खेलबाट ७३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको एटलान्टाको ७४ अंक छ । फियोरेन्टिना ४३ अंक जोडेर ११औं स्थानमा छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.