default_image

4 years ago

July 23, 2020

रोमाको आधादर्जन गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो । रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए । खेलको १०औं मिनेटमा […]

32 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो ।

रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा निकोला कालिनिकको गोलबाट रोमाले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा अल्ब्रेटोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा कार्लेस पेरेसले गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको थियो ।

४७औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३–१ ले अघि बढाए । ५२औं मिनेटमा ब्रुनो पेरेसले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अघि बढाए । ७५औं मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै रोमाले खेलमा ५–१ को फराकिलो अग्रता बनायो ।

८६औं मिनेटमा घरेलु टोली एस्पाल १० खेलाडीमा समेटियो । केभिन बोनीफाजी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए । अन्तिम समयमा निकोलो जानिओलोले गोल गर्दै रोमालाई ६–१ को फराकिलो जित दिलाए ।  जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ६१ अंक जोडेको छ । पराजित एस्पाल १९ अंक जोडेर पुछारमा छ ।

अन्य खेल

पार्माविरुद्ध नेपोली (–१)

लेच्चेविरुद्ध ब्रेसिया (–१)

साम्पडोरियाविरुद्ध जिनोआ (१–)

टोरिनोविरुद्ध हेलास भेरोना (१–१)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.