default_image

4 years ago

July 23, 2020

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ । रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी […]

44 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ ।

रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी बेच्ने प्रक्रिया सुरु गर्नेछ । यस्तो अवस्थामा सम्झौताको अन्त्यतिर रहेका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको नाम अग्रपंक्तिमा छ । हामेसको सम्झौता अर्को सिजन समाप्त हुँदैछ । त्यसैले उनको मोटो तलब कम गर्न र उनलाई बेचेर भएपनि रियल केहि रकम आर्जन गर्न चाहन्छ ।

हामेसले हाल प्रति सिजन ८ मिलियन युरो कमाइरहेका छन् । कोरोनाको बिकराल परिस्थितिमा उनलाई अन्य क्लबले यसै किसिमको तलब दिने सम्भावना कम छ । त्यसैले पनि २९ वर्षीय मिडफिल्डरको अन्य क्लबमा ट्रान्सफर सहज हुने छैन । रोड्रीग्वेजलाई अनुबन्ध गर्न बेन्फिका, इन्टर मिलान, एसी मिलान र म्यानचेस्टर युनाइटेडले इच्छा देखाएका छन् । आर्थिक कारणले गर्दा युनाइटेडको सम्भावना बढी देखिन्छ ।

रियलले बेच्न प्राथमिकतामा राखेका अर्का खेलाडी ग्यारेथ बेल हुन् । सन् २०२२ सम्म सम्झौता रहेका बेलले हाल वार्षिक १७ मिलियन युरो आर्जन गर्छन् । रियलले बेललाई अन्यत्र क्लबमा बेच्न चाहेपनि उनको मोटो तलबको माग समस्या हुन सक्छ । बेल आफैंले पनि सकेसम्म रियलमा आफ्नो सम्झौता पुरै समय बिताएर मात्र बाहिरिने सोच बनाएको बताएका छन् ।

बेल र हामेससँगै रियल म्याड्रिडले फरवार्डद्वय मारियानो डियाज र लुका जोभिचलाई पनि बिदा गर्न सक्छ । अर्को सिजन लोनबाट फर्केका र क्लबमै रहेका सिनियर खेलाडी गर्दा रियलमा ३७ खेलाडी हुनेछन् । हाल रियलबाट ११ खेलाडी अन्यत्र क्लबमा लोनमा गएका छन् । जोभिच र डियाजको हकमा भने अन्य क्लबले रियलले अपेक्षा गरेअनुसार प्रस्ताव आए क्लबले रोक्ने देखिन्न । दुवै फरवार्ड रियलको स्तरमा खेल्न नसक्ने देखिएकाले पनि क्लबले उनीहरुलाई नरोक्ने भएको हो ।

प्राथमिकतामा रहेका यी ४ खेलाडीबाहेक रियलले राम्रो प्रस्ताव आए दोस्रो रोजाइमा रहेका केहि अन्य खेलाडीलाई पनि जान दिन सक्छ । लुका मोड्रीच, नाचो फर्नान्डेज र लुकास भाज्केज पनि रियलको दिर्घकालिन योजनामा छैनन् । यसबाहेक लोनबाट फर्कने अधिकांश खेलाडीलाई रियलले बेच्ने प्रयास गर्नेछ ।

ड्यानी सेबालोस, अल्भारो ओड्रीओजोला, ओस्कार रोड्रीग्वेज, जेसस भालेहो, बोर्जा मायोरल, अल्बर्टो सोरो र जोर्गे डे फ्रुटोसलाई क्लबले अन्यत्र पठाउने लगभग पक्का छ । मार्टिन ओडेगार्ड र टाकेफुसा कुबोको हकमा भने रियलले अझै केहि समय लिनेछ । हाल रियलको  सिनियर टोलीमा स्थान नभएपनि भविष्यका लागि भने यी दुई योजनामा छन् । त्यसैले दुवै खेलाडी लोनमा अन्य क्लबबाट खेल्नेछन् ।

ओडेगार्ड पुन: अर्को सिजन रियल सोसीडाडमै रहने प्रबल सम्भावना छ । कुबोसँगै सर्जियो रेगुइलोन र ब्राहिम डियाज भने अन्य क्लबको जर्सीमा देखिनेछन् । आन्द्रेइ लुनिन भने अर्को सिजन दोस्रो रोजाईको गोलरक्षकका रुपमा रियलकै सिनियर टोलीमा हुनेछन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.