default_image

4 years ago

August 4, 2020

नेयमार र एमबाप्पेसँग खेल्न चाहन्थे रोनाल्डो

60 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज तथा युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने योजना रहेको बाहिरिएको छ ।

फ्रान्सको रिपोर्टअनुसार कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर नै महामारीको रुप लिनुभन्दा अघि नै रोनाल्डोले पीएसजी जाने आश्चर्यजनक कदम चाल्दै थिए । तर, कोरोनाका कारण तत्काललाई पुरा नहुने भएको छ । ३५ वर्षे रोनाल्डो २०१८ मा स्पेनिस महारथी रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका थिए । उनले लगातार दुई सिजन सिरी ‘ए’ जितिसकेका छन् ।

फ्रान्स फुटबलका अनुसार रोनाल्डो युभेन्टसको प्रदर्शनबाट दिक्क थिए । त्यसैले उनले अन्यत्र विकल्पका बारेमा सोचेका थिए । उक्त रिपोर्टअनुसार उनी पीएसजी जाने योजनामा थिए । जहाँ उनले विश्व फुटबलका स्टारहरु ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेसँग खेल्ने सपना बुनेका थिए । रोनाल्डोको ब्राजिली स्टार नेयमारसँग घनिष्ठ सम्वन्ध रहेको छ । विश्वविजेता एमबाप्पे पनि रोनाल्डोको मन पर्ने खेलाडी हुन् ।

पेरिसले रोनाल्डोको मुटुमा पनि विशेष स्थान ओगटेको छ । जहाँ रोनाल्डोले २०१६ मा घरेलु टोली फ्रान्सलाई हराउदै युरोकप जितेको थियो । रिपोर्टको दावीअनुसार रोनाल्डो गतवर्ष अक्टोवरमा घरेलु मैदानमा लोकोमोटिभ मस्कोविरुद्ध २–१ को जित निकालेको खेलपछि धेरै तनावमा देखिएका थिए। रोनाल्डोले स्कोर गरेनन् र असिस्ट पनि दिएनन् । टोलीबाट सहयोग पनि सोचेजस्तो पाएनन् । उनले यो बुझे कि टुरिनमा म्याड्रिड वा प्रिमियर लिगमा जस्तो आकर्षण छैन ।

त्यसकारण उनी आफुलाई एलिएन्ज एरिनाबाट टाढा जाने योजना बनाएका थिए । पीएसजीले पनि रोनाल्डो अनुबन्धको योजना बनाइसकेको थियो । पीएसजीले यो ‘धेरै सम्भाव्य’ रहेको बुझेको थियो । यद्दपि यो कोरोना महामारीले नष्ट पारिदियो । कोरोनाका कारण विश्व अर्थतन्त्र नै चरम आर्थिक मन्दीमा परेपछि यो एकदमै असम्भव जस्तै बनेको छ ।

कोरोनापछि फुटबल सुरु भएपछि युभेन्टसले एक साताअघि लगातार नवौं पटक सिरी ‘ए’ को उपाधि जितेको थियो । तर, युभेन्टसको प्रदर्शन फितलो बन्यो । उनले सिरी ‘ए’ मा दुई वर्ष बिताउदा ८८ खेलमा ६३ गोल गरे । उनी यो सिजन सिरी ‘ए’ को गोल्डेन बुट जित्नबाट वञ्चित बने । लाजियोका चिरो इम्मोबिलेले ३६ गोल गर्दै युरोप र सिरी ‘ए’ को गोल्डेन बुट जित्न सफल भए ।

May 29, 2024

कोम्पनी बायर्नको प्रशिक्षक नियुक्त

एजेन्सी – बर्नलीका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । बेल्जियन प्रशिक्षक कोम्पनी बायर्नमा २०२७ सम्मका लागि अनुबन्ध भएका हुन् । २०२२/२३ को सिजनमा बर्नली पुगेका कोम्पनीले टोलीलाई इंग्लिश दोस्रो डिभिजन च्याम्पियनसिपको उपाधि दिलाउँदै प्रिमियर लिगमा बढवा गराएका थिए । तर प्रिमियर लिगमा पुगेको पहिलो सिजनमा नै टोली मात्र ५ […]

May 29, 2024

फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए

काठमाडौं (हाम्रो खेलकुद)- लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई‌ प्रशिक्षणमा डाकेको छ।  टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई‌ प्रशिक्षणमा‌ बोलाएको एन्फाले जनाएको‌ छ। लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप […]

May 29, 2024

हान्सी फ्लिक बार्सिलोनाको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी – हान्सी फ्लिक बार्सिलोनाको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्न म्युनिख र जर्मनीका पूर्व प्रशिक्षक फ्लिकले बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्लिकले गत हप्ता क्लबले बर्खास्त गरेको जाभीको स्थान लिएका छन् । फ्लिकले २०२० मा बायर्न म्युनिखसँग बुन्डेसलिगा, जर्मन हाप र च्याम्पियन्स लिगको उपाधि सहितको ट्रेबल जितेका थिए । […]

Success

Thank you for your time.