default_image

5 years ago

September 5, 2020

मेस्सी बार्सिलोनामै बस्दाका सकारात्मक र नकारात्मक पक्ष

174 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू यस सिजनको अन्त्यसम्म क्लबमा नै रहने घोषणा गरेका छन् ।

मेस्सीले यस सिजन कोम्यानको प्रशिक्षणमा खेल्ने निर्णय लिएसँगै क्लबलाई केहि असर भने पक्कै पर्नेछ । कोम्यानसँग सुरुवाती भेटघाटमै मेस्सीले दिर्घकालिन योजनामा आफूलाई नसमेट्न भनेका थिए । अब कोम्यानको बार्सिलोनालाई मेस्सीको उपस्थितिले पर्ने सकारात्मक र नकारात्मक प्रभाव यसप्रकार छन् ।

सकारात्मक प्रभाव :

गोल र असिस्ट : बार्सिलोनाको आक्रमणमा मेस्सीको उपस्थिति महत्त्वपूर्ण छ । कुनैपनि टोलीमा मेस्सीले बार्सिलोनामा पारेजस्तो प्रभाव सायदै देख्न पाइन्छ । गत सिजन मेस्सीले ३१ गोल र २६ असिस्ट प्रदान गरेका थिए । यसक्रममा मेस्सीले जाभी हर्नान्डेजको असिस्टको कीर्तिमान पनि तोडे । मेस्सीले गत सिजन मात्र नभएर हरेक सिजन यस्तै प्रदर्शन गर्दै आएका छन् ।

क्लबलाई स्थिरता : मेस्सीको बार्सिलोना बस्ने निर्णयले अहिलेको बोर्डलाई निकै राहत मिलेको छ । लगातार मैदानभित्र असफलता देखिरहेको बोर्डले मेस्सीलाई गुमाउनु निकै महँगो पर्न सक्थ्यो । आफ्नो कार्यकालको अन्तिम वर्षमा मेस्सीलाई राख्न नसक्नुले इतिहासमै अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाम नराम्रो पानामा लेखिने सम्भावना थियो ।

व्यापारिक प्रायोजन : व्यापारिक प्रायोजनका लागि समेत क्लबले मेस्सीलाई प्रयोग गर्दै आएको छ । कोरोनाभाइरसका कारण असर गरेको बार्सिलोनाको आर्थिक अवस्थाबाट प्रायोजनले केहि हदसम्म साथ दिँदै आएका छन् । मेस्सी अझै एक सिजन क्लबमा रहने भएपछि केहि प्रायोजकले साथ बढाउने पक्काजस्तै छ ।

मैदानभित्र पुनर्निर्माण : प्रशिक्षक रोनाल्ड कोम्यानले नयाँ सिजनमा टोली पुनर्निर्माण गर्ने प्रष्ट पारेका छन् । यसक्रममा मेस्सीको उपस्थितिले उनलाई केहि सहज हुने अनुमान गरिएको छ । एकैपटक नयाँ टोली उतार्नुभन्दा मेस्सीकै वरपर रहेर एक पछि अर्को चरणमा टोली रुपान्तरण गर्न सकिन्छ । यसैपनि मेस्सीको उमेरले उनलाई लामो समय खेल्न दिने थिएन ।

नकारात्मक पक्ष :

तलब : मेस्सीलाई क्लबमा राख्नु आर्थिक हिसाबले भने क्लबलाई सहज छैन । मेस्सीको तलब विश्व खेलकुदकै महँगो मध्यमा पर्दछ । यसैपनि कोरोनाभाइरस संक्रमणका कारण आर्थिक अवस्था खस्किएको क्लबलाई हरेक साता पूर्ण तलब दिन कठिन भएको छ । यसअघि मेस्सीले ७० प्रतिशत तलब कटाउन सहमति जनाएका थिए, तर अब त्यो सम्भव हुने देखिन्न ।

नयाँ युगसँगै मेस्सीको प्रभाव : मेस्सी जीवनभर एकै लयमा पक्कै खेल्न सक्दैनन् । उनले कुनै न कुनै दिन फुटबल छाड्नु नै छ । तर जबसम्म मेस्सीले खेल्छन् आउने पिढीलाई उनीबिना खेल्न केहि कठिन हुनेछ । अझ उनको प्रभावबाट उठ्न पनि क्लबले सिक्नुपर्छ नै । इभान राकीटिच, आर्टुरो भिडाल र लुइस सुआरेजले क्लब छाडेको बेलामा क्लबले नयाँ पथ लिएको अनुमान गर्न सकिन्छ ।

नयाँ युगको बाधक : मैदानभित्र मेस्सी अझैपनि बार्सिलोनाका लागि मुख्य खेलाडी नै हुन् । बार्सिलोनाको आक्रमणको केन्द्रविन्दु बनेका उनले आफ्नो प्रदर्शनले टोलीलाई सफलता दिलाउन सक्छन । तर रोनाल्ड कोम्यानले नयाँ युगको सुरुवात गर्दा मेस्सी बाधक भने बन्न सक्नेछन् । अर्को सिजन छोडेर नै जाने हुनाले पनि कोम्यान मेस्सीबिना कसरि खेल्ने भन्ने सोच्न बाध्य हुनेछन् ।

समर्थकको भाव : मेस्सी अधिकांश बार्सिलोना समर्थकका आदर्श खेलाडी हुन् । तर पछिल्लो केहि साता मेस्सीको व्यवहारले समर्थक विभाजित भएका छन् । केहिले मेस्सीको कदमलाई सहि भनेका छन् त केहिले उनले क्लबमाथि राम्रो व्यवहार नगरेको आरोप लगाएका छन् ।

यो पनि : मेस्सीले बार्सिलोनामै रहने बताउँदै खोले सबै रहस्य

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.