5 years ago
September 7, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफूलाई क्याटलान क्लब बार्सिलोनाको इतिहासकै उत्कृष्ट खेलाडीको सुचिमा रुपमा स्थापित गरेका छन् । मेस्सीको बार्सिलोना करिअरको अन्त्य नजिकिंदै जाँदा अर्का युवा खेलाडीले क्लबमा छाप बसाएका छन् ।

बार्सिलोनाको एकेडेमी ला मासियाकै उत्पादन अन्सु फातीले पछिल्लो सिजन क्लबका लागि डेब्यु गर्दै धेरै कीर्तिमान राखे । स्पेनिस सिनियर टोलीका लागि यसै साता डेब्यु गरेका उनले आइतबारको खेलमा गोल समेत गरे । क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबल दुवैमा राम्रो सुरुवात पाएका उनी १८ वर्ष पनि पुगेका छैनन् ।
त्यसो त लिओनेल मेस्सीले पनि टिनएजमै सिनियर फुटबल खेल्दै आफूलाई विश्व फुटबलको अब्बल प्रतिभाको रुपमा स्थापित गरेका थिए । जसरि रोनाल्डिन्होले मेस्सीलाई बार्सिलोनामा स्थापित गर्न सहयोग गरे, मेस्सीले फातीलाई त्यस्तै वातावरण दिएर अगाडी बढ्ने हौसला दिएका छन् । फाती र मेस्सीको करिअरको सुरुवातको तुलना गर्दा यस्तो अवस्था छ :
बार्सिलोनामा सिनियर डेब्यु :
फातीले अगस्ट २५, २०१९ मा ओसासुनाविरुद्ध ७८ औं मिनेटमा मैदान प्रवेश गर्दै बार्सिलोनाका लागि सिनियर डेब्यु गरेका थिए । उनले १६ वर्ष २ सय ९८ दिनको उमेरमा क्लबका लागि पहिलो खेल खेलेका थिए । उनी बार्सिलोनाका लागि कम उमेरमा डेब्यु गर्ने सुचिमा दोस्रो स्थानमा रहे । सेभिल्लाबाट १० वर्षको उमेरमा ला मासिया आएका उनले ६ वर्षपछि सिनियर टोलीमा खेले ।

यता मेस्सीले अक्टोबर १६, २००४ मा एस्पान्योलविरुद्ध अन्तिम ८ मिनेट खेल्दै डेब्यु गरेका थिए । उनी त्यसबेला क्लबका लागि डेब्यु गर्ने कान्छा खेलाडीको सुचिमा दोस्रो स्थानमा थिए । अर्जेन्टिनाको नेवेल्स ओल्ड ब्वाइजबाट १३ वर्षको उमेरमा ला मासियामा आएका उनले ३ वर्षपछि सिनियर टोलीमा अवसर पाएका थिए ।
पहिलो बार्सिलोना गोल :
फातीले क्लबका लागि डेब्यु गरेको ६ दिनपछि नै बार्सिलोनाका लागि पहिलो गोल गरे । उनकै गोलमा बार्सिलोनाले ओसासुनासँग २-२ को बराबरी खेलेको थियो । उनी यस गोलसँगै बार्सिलोनाका लागि लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनी ला लिगगाा भने गोल गर्ने कान्छी खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे ।

मेस्सी पनि आफ्नो पहिलो गोल गर्ने क्रममा लिगमा गोल गर्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले १७ वर्ष ३ सय ३१ दिनको उमेरमा अल्बासेटेविरुद्ध गोल गरेका थिए । उनको गोलमा रोनाल्डिन्होले असिस्ट दिएका थिए ।
पहिलो च्याम्पियन्स लिग गोल
फातीले डिसेम्बर १०, २०१९ मा इन्टर मिलानविरुद्ध गोल गर्दै अर्को इतिहास रचे । उनि क्लबका लागि मात्र नभएर च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा कान्छा गोलकर्ता बने । उनकै गोलमा बार्सिलोनाले इन्टर मिलानलाई २-१ ले पराजित गरेको थियो । उक्त गोलमा लुइस सुआरेजले असिस्ट गरेका थिए ।

मेस्सीले च्याम्पियन्स लिगमा गोल गर्न भने दोस्रो सिजन कुर्नुपरेको थियो । उनले नोभेम्बर २, २००५ मा पानाथिनाइकोसविरुद्ध गोल गरेका थिए । त्यसयता मेस्सीले यस प्रतियोगितामा कुल १ सय १३ गोल गरेका छन् ।
के फातीले मेस्सीको स्तरमा पुगेर खेल्न सक्लान् ? आफ्नो विचार कमेन्ट बक्समा राख्नुहोस् ।
यो पनि पढ्नुहोस : मेस्सी बार्सिलोनामै बस्दाका सकारात्मक र नकारात्मक पक्ष
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]