default_image

5 years ago

September 8, 2020

मेस्सी पहिलो पटक कोम्यानको प्रशिक्षणमा सामेल

173 views

0 Bookmark

एजेन्सी – क्लब छाड्ने निर्णय फिर्ता लिएपछि सुपर स्टार लिओनेल मिस्सी सोमबार बार्सिलोनाको अभ्यासमा फर्केका छन् । सान्ट जोन डेस्पीमा रहेको बार्सिलोनाको ट्रेनिङ कम्प्लेक्स मा अभ्यास गर्न मेस्सी पुगेका थिए ।

प्रशिक्षण सुरु हुनु भन्दा झन्डै डेढ घन्टा अघि उनी कम्प्लेक्स पुगेका थिए । रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक अभ्यासमा सामेल भएका हुन् । क्लब छाड्ने निर्णयका कारण गत साताबाट सुरु भएको प्रशिक्षणमा मेस्सी सामेल भएनन् ।

७ सय मिलियन युरो क्लजका बारेमा क्लब कठोर भएपछि मेस्सी क्लब छाड्ने निर्णय फिर्ता लिन बाध्य भएका थिए । त्योसँगै उनका बारेमा गरिएका विभिन्न अड्कलबाजीको टुंगिएको थियो । आइतबार पिसिआर टेष्ट गरेपछि उनी सोमबार अभ्यासमा सामेल भएका हुन् ।

नयाँ सिजनको तयारीका लागि मेस्सी पुग्नुअघि त्यहाँ थुप्रै सञ्चारकर्मी उनको पर्खाईमा बसेका थिए । बार्सिलोनाले नयाँ सिजनको तयारी स्वरुप केहि दिनमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

यो पनि : मेस्सीको तुलनामा फातीको सुरुवात उत्साहजनक

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.