default_image

4 years ago

September 8, 2020

स्वीडेन र पोर्चुगल भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज मंगलबार राति समूह चरणको दोस्रो राउन्डमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले समूह चरणको दोस्रो खेलमा स्वीडेनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । पहिलो खेलमा विश्व उपविजेता क्रोएसियामाथि ४–१ को सानदार जित हात पारेको पोर्चुगल सोही जितको लयलाई निरन्तरता […]

58 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज मंगलबार राति समूह चरणको दोस्रो राउन्डमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको विजेता पोर्चुगलले समूह चरणको दोस्रो खेलमा स्वीडेनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । पहिलो खेलमा विश्व उपविजेता क्रोएसियामाथि ४–१ को सानदार जित हात पारेको पोर्चुगल सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । स्वीडेनविरुद्धको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल्न सक्ने सम्भावना रहेको छ ।

प्रशिक्षण दौरान उनले खुट्टाको बुढी औंलामा मौरीले टोकेपछि चोट बोकेका कारण क्रोएसियाविरुद्धको खेल गुमाएका थिए । तर पनि रोनाल्डोविनै पोर्चुगलले सानदार जित हात पारेको थियो । जोआओ क्यान्सेलो, डिएगो जोटा, जोआओ फेलिक्स र आन्द्रे सिल्भाले गोल गरेका थिए ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोले सोमबार टोलीसँग झन्दै २५ मिनेट प्रशिक्षण गरेका कारण खेल्ने सक्ने सम्भावना रहेको बताएका छन् । ‘सोमबार टोलीको प्रशिक्षणमा फर्किएका उनले २५ मिनेट प्रशिक्षण गरेका छन् । अवस्था सामान्य नै छ । उनी १०० गोल नजिक छन् । यसो भन्दैमा हामी उनको स्वास्थ्यलाई जोखिम मोल्ने छैनौं,’ प्रशिक्षक सान्तोषले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनले अहिले उनी राम्रो महसुस गरिहेका छन् । फिट छन् भने मैदानमा देख्न पाइनेछ ।’

स्वीडेनविरुद्धको खेलमा मौका पाए र गोल गर्न सके रोनाल्डोले १०० गोलको आँकडा पूरा गर्नेछन् । ३५ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल पूरा गरेका छन् । उनी राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनीभन्दा अघि इरानका अली दाई १०९ गोलरसहित शीर्षस्थानमा छन् ।

यता, स्वीडेन पनि पोर्चुगललाई पराजित गर्दै नेसन्स लिगमा पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ । स्वीडेन पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो । यही समूहको अर्काे खेलमा विश्वविजेता फ्रान्सले घरेलु मैदानमा क्रोएसियासँग खेल्दैछ । फ्रान्स घरेलु मैदानमा युवा स्टार केलियन एमबाप्पेविनै मैदानमा उत्रनेछ । एमबाप्पेलाई सोमबार अवेर कोरोना पुष्टि भएको थियो ।

सबै टोलीले समान एक–एक खेल खेल्दा पोर्चुगल ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । फ्रान्सको पनि ३ अंक रहेपनि दोस्रो तथा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् ।

यो पनि : मौरीले टोक्दा लम्बिएको रोनाल्डोको शतक प्रतिक्षा

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.