default_image

4 years ago

September 29, 2020

ठूलो सम्झौताको हकदार फाती

एजेन्सी– अन्सु फाती बार्सिलोनाको पहिलो टोलीका नियमित खेलाडी बनिसकेका छन् । रोनाल्ड कोम्यानको सिनियर टोलीमा परेका १७ वर्षे फातीले २२ नम्बरको जर्सी लगाउँदै आएका छन् । उनको रिलिज क्लब पनि ४ सय मिलियन युरो बनाइएको छ । पहिलो टोलीको नियमित खेलाडी भएपनि उनको अहिलेको सम्झौता सन् २०२२ सम्मको रहेको छ । कम उमेरका कारण उनले […]

45 views

0 Bookmark

एजेन्सी– अन्सु फाती बार्सिलोनाको पहिलो टोलीका नियमित खेलाडी बनिसकेका छन् । रोनाल्ड कोम्यानको सिनियर टोलीमा परेका १७ वर्षे फातीले २२ नम्बरको जर्सी लगाउँदै आएका छन् । उनको रिलिज क्लब पनि ४ सय मिलियन युरो बनाइएको छ ।

पहिलो टोलीको नियमित खेलाडी भएपनि उनको अहिलेको सम्झौता सन् २०२२ सम्मको रहेको छ । कम उमेरका कारण उनले एक पटकमा २ वर्ष भन्दा लामो सम्झौता गर्न पाउँदैनन् ।

तर जति बेला फाती १८ वर्षका पुग्नेछन् बार्सिलोनाले उनलाई अहिलेको सम्झौतामा मुल्यमा निकै बढाउने अनुमान गरिएको छ । नयाँ सम्झौतापछि एउटा सिजनमा फातीले १० मिलियन युरो सम्म पाउने सम्भावना रहेको बताइएको छ ।

अहिले भएको सम्झौता रकममा वृद्धि नगर्दा फातीलाई किन्न अन्य क्लबहरुले ठूलो रकम खर्च गर्न सक्ने सम्भावना रहन्छ । सिजनकै सुरुवातामा पनि काटलान क्लबले फातीका लागि १ सय ५० मिलियन युरोको प्रस्ताव पाएको थियो । तर, क्लबले त्यसर्लाइ स्वीकार गरेन ।

फाती आफै पनि आफ्नो पारिश्रमिकमा पक्कै वृद्धि चाहन्छन् । त्यसले क्लबलाई पनि सहज हुने छैन । यद्दपी अहिले उनको र क्लबका बीचमा यो विषयमा कुरा भएको छैन । अर्को वर्ष बोर्डको निर्वाचन पछि नयाँ सम्झौताका विषयमा छलफल हुने अनुमान छ ।

क्लबको नयाँ आउने अध्यक्षले पनि फातीलाई क्लबको भविष्यका खेलाडकिा रुपमा लिनेछन् । यद्दपी अहिले उनको सम्झौता २०२२ को जनवरी सम्म छ । त्यसपछि उनी अन्य क्लबसँग सम्झौताका लागि खुला हुनेछन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.