default_image

4 years ago

October 1, 2020

पीएसजीलाई ग्रुप अफ डेथ, युभेन्टस-बार्सा एकै समूहमा

70 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र समाप्त भएको छ । यसपटक प्रतियोगिताको समूह चरणमा नै लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने भएका छन् ।

रोनाल्डो सम्मिलित युभेन्टस र मेस्सी कप्तान रहेको बार्सिलोना समूह जी मा रहेका छन् । यी दुईसँग डिनामो किएभ र फेरेन्साव्रोसीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजनको विजेता बायर्न म्युनिख र एटलेटिको म्याड्रिड पनि एकै समूहमा रहेका छन् ।

अघिल्लो संस्करणमा फाइनलमा पराजित भएको पेरिस सेन्ट जर्मेन यसपटक कठिन समूहमा परेको छ । म्यानचेस्टर युनाइटेड र आरबी लाइप्जिग सम्मिलित यस समूहलाई ग्रुप अफ डेथ को उपमा दिइएको छ । पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको इस्तानबुल बसाकसेइर पनि यसै समूहमा छ ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई भने केहि सहज समूह परेको छ । रियलसँग युक्रेनको शाख्तार डोनेस्क, इटालीको इन्टर मिलान र जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाक रहेका छन् । म्यानचेस्टर सिटीको समुहमा एफसी पोर्टो, ओलाम्पियाकोस र मार्सेले खेल्नेछन् ।

इंग्लिस च्याम्पियन लिभरपुलले आयाक्स, एटलान्टा र पहिलो सहभागिता जनाइरहेको एफसी मिद्त्जल्यान्डको सामना गर्नेछ । अर्को इंग्लिस टोली चेल्सीले सेभिया, क्राज्नोडार र रेन्नेससँग खेल्नेछ । बोरुसिया डर्टमुन्ड, जेनिट सेन्ट पिटर्सबर्ग, लाजियो र क्लब ब्रुगा एकै समूहमा छन् ।

समूह ए : बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को

समूह बी : रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक

समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से

समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड

समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस

समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा

समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी

समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.