default_image

3 years ago

October 27, 2020

महर्जन फुटबल टोलीको कार्यवाहक प्रशिक्षक

एजेन्सी – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बर दोस्रो साताका लागि तय गरिएको बंगलादेशविरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमै रहेको र कोरोना संक्रमणका कारण हाल उनी फर्कने अवस्था नरहकोले मैत्रीपूर्ण खेलका लागि महर्जनलाई जिम्मेवारी दिइएको हो । सहायक प्रशिक्षकमा किरण श्रेष्ठ […]

37 views

0 Bookmark

एजेन्सी – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बर दोस्रो साताका लागि तय गरिएको बंगलादेशविरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमै रहेको र कोरोना संक्रमणका कारण हाल उनी फर्कने अवस्था नरहकोले मैत्रीपूर्ण खेलका लागि महर्जनलाई जिम्मेवारी दिइएको हो । सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा विकास मल्ल नै निरन्तर रहनेछन् ।

राष्ट्रिय टोलीले बंगलादेशविरुद्ध खेलका लागि बिहीबारदेखि प्रशिक्षण थाल्ने कार्यक्रम रहेको छ । खेलाडीहरु बुधबार आइपुग्ने एन्फाले जनाएको छ । यसअघि पनि विश्वकप छनोटका लागि एन्फाले बन्द प्रशिक्षणको तयारी स्वरूप खेलाडीहरुलाई कोरोना परिक्षण समेत गराएको थियो । तर विश्वकप छनोटका खेल अर्को वर्षसम्म स्थगित भएपछि बन्द प्रशिक्षण पनि रद्द गरिएको थियो ।

विश्वकप छनोटका खेलका लागि एन्फाले केहि खेलाडी थपघट गर्ने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस :

फुटबलमा ‘कप्तान’ किचलो

‘बंगलादेशसँग खेल्न सहज हुने छैन’ – कालिन

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.