default_image

3 years ago

November 28, 2020

बार्सिलोनाको अध्यक्ष बन्ने पिकेको सपना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनको अभिव्यक्तिकै कारण कतिपय अवस्थामा उनी विवादमा पनि आउने गरेका छन् । पछिल्लो पटक उनले बार्सिलोनाको अध्यक्ष बन्ने आफ्नो सपना रहेको बताएका छन् । क्रिस फाउन्डेसनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पिकेले यस्तो अभिव्यक्ति दिएका हुन् । क्यान्सरलाई पराजित गरेकाहरुले स्पेनिस […]

77 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनको अभिव्यक्तिकै कारण कतिपय अवस्थामा उनी विवादमा पनि आउने गरेका छन् ।

पछिल्लो पटक उनले बार्सिलोनाको अध्यक्ष बन्ने आफ्नो सपना रहेको बताएका छन् । क्रिस फाउन्डेसनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पिकेले यस्तो अभिव्यक्ति दिएका हुन् । क्यान्सरलाई पराजित गरेकाहरुले स्पेनिस संचारमाध्यम मार्सासँगको सहकार्यमा पिकेसँग अन्तरक्रिया गरेका थिए ।

म्याटियो : बार्सिलोनाको अध्यक्षमा दावेदारी दिनुहुन्छ ?

पिके : अहिले नै हुने चुनावमा त पाउँदिन । म अहिले खेलाडी छु र खेलाडी हुँदाहुँदै उठ्न पाइन्न । तर भविष्यमा भन्न सक्दिन । म बार्सिलोनाको ठूलो समर्थक हुँ । म क्लबलाई सहयोग गर्न चाहन्छु र त्यहाँ पुग्दा सबै कुरा बुझ्न चाहन्छु । अहिले पनि म त्यसैको तयारी गरिरहेको बुझ्न सकिन्छ । म त्यसको लागि ठिक भएपछि मात्र दावेदार दिन्छु । अध्यक्ष हुनु मेरो सपना हो तर अहिले नै भन्न सक्दिन ।

जेमी : सुआरेजले छोड्दा दुख लाग्यो?

पिके : लाग्यो । हामीले लामो समय सँगै खेल्यौ र खुसीको क्षण साट्यौं । सहकर्मीसँग बाहिर हेर्दा मैदानमा ९० मिनेट देखिएपनि हामीले धेरै समय सँगै बिताउँछौं । स्कुलमा विद्यार्थीजस्तै सधैं देखेको भेटेको, घुम्न गएको लगायत थुप्रै समय सँगै बिताएको हुन्छ ।

म्याटियो : तपाईंको सबैभन्दा मिल्ने साथी को हो ?

पिके : पुयोल हुँदा उनीसँग निकै मिल्थे । अहिले पनि राम्रो सम्बन्ध छ तर उनले सन्न्यास लिइसके । फाब्रिगाससँग पनि मेरो राम्रो सम्बन्ध थियो । हामीले एकेडेमीमा ८ वर्षको उमेरदेखि सँगै खेल्यौं । पछि उनी बार्सिलोना फर्किए र राष्ट्रिय टोलीमा पनि सँगै थियौं ।

अहिले क्लबमा भने ५-६ जना घरेलु खेलाडीको एउटा समूह छ । सर्जी, बुस्केट्स, एलेना र लिओ हामी लामो समयदेखि सँगै छौ । त्यसैले पनि हामीबीच राम्रो सम्बन्ध छ र धेरै समय सँगै हुन्छौं ।

जेमी : तपाईंको उत्कृष्ट गोल कुन हो ?

पिके : मैले इन्टर मिलानविरुद्ध गरेको गोल एकदम मनपरेको छ । मैले गोलरक्षक र डिफेन्डरलाई नै बिट गर्न सकें । गोलको महत्त्व हेर्दा भने बर्नाबाउको गोललाई मान्छु । उक्त खेलमा हामीले ६-२ को जित हासिल गर्यौं । इतिहास रचेको उक्त खेलमा मैले पनि गोल गर्न सकें ।

म्याटियो : तपाईंको करिअरमा सबैभन्दा खराब चोट कहिले थियो ?

पिके : सन् २०१४ को च्याम्पियन्स लिगमा एटलेटिकोविरुद्ध खेल्दा डिएगो कोस्टासँग हेडरमा जुध्ने बेलामा ल्यान्ड गर्दा तिघ्राको पछिल्लो भागमा चोट लागेको थियो । त्यो चोट लागेको रात म हिड्न पनि सकेको थिइनँ । त्यो दिन सोफामा नै सुतेको मलाई चल्न पनि निकै गाह्रो भएको थियो । त्यस चोटले म २-३ महिना मैदानबाहिर रहे । अहिले पनि सुत्दा अर्को तर्फ फर्केर सुत्नुपर्छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.