default_image

3 years ago

November 29, 2020

लिड्सले एभर्टनलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । गुडिसन पार्कमा लिड्सको जितमा राफिन्हाले खेल सकिन ११ मिनेट बाँकी छदा गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिड्सले बल पोजेसनमा समेत पकड बनाएको थियो । खेलको पहिलो मिनेटमा नै प्याट्रिक बामफोर्डको पासमा राफिन्हा चुकेका थिए । १०औं […]

23 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।

गुडिसन पार्कमा लिड्सको जितमा राफिन्हाले खेल सकिन ११ मिनेट बाँकी छदा गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिड्सले बल पोजेसनमा समेत पकड बनाएको थियो ।

खेलको पहिलो मिनेटमा नै प्याट्रिक बामफोर्डको पासमा राफिन्हा चुकेका थिए । १०औं मिनेटमा राफिन्हाले अर्काे अवसर खेर फाले । २०औं मिनेटमा क्लिचको क्रसमा कसैको निगरानीमा नरहेका बामफोर्डले गरेको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

३८औं मिनेटमा हामेस रोड्रिग्वेजको फ्रिकिकमा एब्डुलाय डोउकोउरेले मिलाइदिएको पासमा मासन होल्गेट चुक्दा एभर्टन अग्रता लिनबाट चुक्यो । ४५औं मिनेटमा स्टुआर्ट डालासको क्रसमा ज्याक ह्यारिसनको हेडर रिवाउन्ड आउदा बामफोर्डको प्रहार बाहिरियो ।

४७औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले काउन्टर अट्याकमा अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ७९औं मिनेटमा राफिन्हाले ज्याक ह्यारिसनको पासमा गोल गर्दै लिड्सलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोड्रिगोको प्रहारलाई पिकफोर्डले उत्कृष्ट बचाउ गरेपनि एभर्टनले हार टार्न सकेन ।

प्रिमियर लिगमा लिड्सको यो चौथो जित हो । लिड्स १० खेलबाट १४ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १६ अंकसहित छैटौ स्थानमा रहेको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.