default_image

3 years ago

December 1, 2020

रियाल म्याड्रिड र साख्तर भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा स्पेनिस क्लब रियाल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे किएभमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै रियाल अघिल्लो महिना घरेलु मैदानमा भोगेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । रियल गत अक्टोवरमा घरेलु मैदानमा ३–२ ले पराजित भएको […]

32 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा स्पेनिस क्लब रियाल म्याड्रिडले युक्रेनी क्लब साख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ११ः४० बजे किएभमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै रियाल अघिल्लो महिना घरेलु मैदानमा भोगेको हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । रियल गत अक्टोवरमा घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो ।

साख्तरलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको अर्काे चरणमा पुग्ने सम्भावना पनि बलियो बनाउने लक्ष्यमा हुुनेछ । समूह ‘बी’ मा रियाल ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको ८ अंक छ । साख्तर ४ अंकसहित तेस्रो तथा २ अंक जोडेको इन्टर मिलान पुछारमा छ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा रियल आफ्ना अनुभवी र स्टार खेलाडीविना मैदान उत्रनेछ । चोटका कारण कप्तान सर्जियो रामोससँगै फरवार्ड इडेन हाजार्ड टोलीसँग हुनेछैन । यस्तै चोटका कारण नै फेडरिको भाल्भेर्डे, ड्यानी कार्भाहल, लुका जोभिक र अल्भारो ओर्डिजोला पनि टोलीसँग रहनेछैन ।

करिम बेन्जेमाले साख्तरविरुद्ध खेल्ने सम्भावना छ । यस्तै टोलीसँग युवा खेलाडी भिनिसियस जुनियर, रोड्रिगो गोएस, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, इडर मिलिटाओ, राफयल भरान, लुकास भास्क्वेज र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले युवा मिडफिल्डर सर्जियो एरिबास र डिफेन्डर भिक्टर चस्टलाई टोलीमा समेटेको छ । मार्सेलो, मार्काे एसेन्सिया, मारियानो डियास, इस्को र मार्टिन ओडेगार्ड पनि टोलीसँग रहेको छ ।

यता, साख्तर पनि अघिल्लो महिनाकै नतिजा निकाल्दै छनोट हुने सम्भावना जीवितै राख्ने दाँउमा हुनेछ । साख्तर ४ अंकसहित तेस्रो स्थानमा छ । साख्तरसँग टाइसन, टेटे, एन्टोनियो, मार्लाेस र डुडोलगायतका खेलाडी छन् ।

यि दुई टोली हालसम्म तीनपटक आमने समाने हुदा रियल दुई खेलमा विजयी भएको छ। एक खेल साख्तरले आफ्नो पक्षमा पारेको छ ।

यसै समूहको अर्काे खेलमा आज राति नै जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाक र इटालियन क्लब इन्टर मिलानबीच राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ । मोन्चेनग्लाडवाक इन्टरलाई हराउदै नकआउट चरणमा पुग्ने दाँउमा हुनेछ । आ–आफ्नो खेलमा मोन्चेनग्लाडवाक र रियाल विजयी भए साख्तर र इन्टर मिलान समूह चरणबाटै बाहिरिनेछ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.