default_image

3 years ago

December 2, 2020

म्यानचेस्टर र पीएसजी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ । खेल ओल्डट्राफोर्डमा नेपाल समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजीलाई हराउदै युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । समूह ‘एच’ मा युनाइटेड ४ […]

36 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ ।

खेल ओल्डट्राफोर्डमा नेपाल समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजीलाई हराउदै युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । समूह ‘एच’ मा युनाइटेड ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेस, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, नेमान्जा माटिच, फ्रेड, एलेक्स टेलास, भिक्टोर लिन्डेलफ, डोनी भान डि विक, ह्यारी मिगुएर, आरोन वान विशाखा र गोलरक्षक डिन हेन्डरसन रहनेछन् ।

यता, अघिल्लो सिजनको उपविजेता पीएसजी पनि युनाइटेडलाई हराउदै नकआउट चरणको सम्भावना बलियो बनाउने दाँउमा हुनेछ । दोस्रो स्थानमा रहेको पीएसजीको ६ अंक छ । युनाइटेडसँग पराजित भएको अवस्थामा नकआउट चरण प्रवेशगर्ने सम्भावना झिनो हुने हुदा पीएसजी सचेत भएर खेल्नेछ ।

पीएसजीको नकआउटको यात्रा अर्काे खेलले पनि निर्धारण गर्न सक्नेछ । आरबी लाइप्जिगले इस्तानबुल बेसाकसेहिरलाई पराजित गरेको अवस्थामा पीएसजीको सम्भावना न्युन हुनेछ । लाइप्जिगको पनि ६ अंक छ । इस्तानबुलको ३ अंक छ ।

पीएसजीका लागि नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया एन्डर हेरेरा, मार्काे भेराट्टी, इड्रिसा गाना गुआई, प्रसनेल किमपेम्वे र गोलरक्षक केलर नाभास हुनेछन् । मोउरो इकार्डी, जुलियन ड्राक्सल र पाब्लो साराविया चोटका कारण टोलीमा हुनेछैनन् ।

यि दुई टोली चार पकट आमने समाने हुदै समान दुई पटक दुवै टोलीले जित हात पारेको छ । शुरुवाती दुई खेलमा पीएसजी विजयी हुदा पछिल्लो दुई खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

यही समूहको अर्काे खेलमा इस्तानबुल बेसासेहिर र आरबी लाइप्जिगबीच राति ११ः४० बजे प्रतिस्पर्धा हुदैछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.