default_image

3 years ago

December 2, 2020

चेल्सी र सेभियाको समूह विजेता बन्ने होड

37 views

0 Bookmark

एजेन्सी – दुई खेल बाँकी छदै नकआउट चरणमा स्थान बनाइसकेको लन्डन क्लब चेल्सी र स्पेनिस क्लब सेभियाले आज राति च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डमा प्रतिस्पर्धा गर्दैछ ।

खेल सेभियाको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोलीको समान चार खेलबाट १० अंक रहँदा चेल्सी गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । यो समूह ‘ई’ मा क्रास्नोडर र रेनेसको समान १ अंक छ ।

यि दुई टोलीबीच समूह विजेता बन्ने होड रहेको छ । चेल्सीले सेभियापछि अर्काे साता क्रास्नोडरसँग तथा सेभियाले रेनेससँग खेल्नेछ । चेल्सी घरेलु टोली सेभियालाई हराउदै समूह विजेता बन्ने दाँउमा हुनेछ ।

इंग्लिस प्रिमियर लिगमा सेप्टेम्वरमा लिभरपुलसँग २–० ले पराजित भएयता १४ खेलमा अपराजित रहेको चेल्सी सोही अपराजित लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । यस अवधिमा चेल्सीले ८ जित र ६ बराबरी खेलेको छ ।

चेल्सीसँग टिमो वेर्नर, काई हाभर्टज, एङ्गोलो कान्टे, जर्गिन्हो, बेन चिलवेल, थियागो सिल्भा, सिजर एज्पिलिक्वेटा, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, कलुम हड्सन ओडोई, ओलिभर जिरुउड र गोलरक्षक इडुआर्ड मेन्डी जस्ता खेलाडी छन् ।

यता, सेभिया पनि घरेलु मैदानमा चेल्सीलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । सेभियासँग इभान राकिटिच, लुकास ओकम्पास, युसेफ इन न्यास्री, मुनिर इल हाडडाडी, फर्नान्डो, जेसस नाभास, डिएगो कार्लाेस र गोलरक्षक थोमस भाक्लिकजस्ता खेलाडी छन् । सेभिया पनि पछिल्लो ५ खेलमा अपराजित रहेको छ ।

यही समूहको अर्काे खेलमा क्रास्नोडर र रेनेसबीच राति ११ः४० बजे प्रतिस्पर्धा हुनेछ । यि दुई टोलीको भिडन्त युरोपा लिगको छनोटको प्ले अफको लागि हुनेछ ।

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.