default_image

3 years ago

December 2, 2020

बार्सिलोनासँगै युभेन्टसले पनि खेल्दै

35 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति क्याटलान क्लब बार्सिलोनाले हंगेरीयन क्लब फेरेन्कभारोससँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

खेल राति १ः४५ बजेपछि शुरु हुनेछ । समूह ‘जी’ मा अपराजित रहेको बार्सिलोनाले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । गत महिना ५–१ को फराकिलो जित निकालेको बार्सिलोना सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

त्यसैले तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध बार्सिलोनाले कप्तान लियोनेल मेस्सीलाई विश्राम दिने सम्भावना छ । चोटका कारण जेरार्ड पिके, अन्सु फाती, सर्जि रोबर्टाे र क्लेमेन्ट लेङ्लेट टोलीसँग हुनेछैनन् ।

तर, टोलीसँग एन्टोइन ग्रिजमन, औसमाने डेम्वेले, फिलिपे कौटिन्हो, ट्रिन्काओ, मार्टिन ब्रेथवेट, फ्रान्की डि जोङ, मिरालेम प्यानिच, जुनियर फिर्पाे, सर्जिन्हो डेस्ट, सर्जियो बुस्क्वेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहनेछन् । प्रशिक्षक रोनाल्ड कोम्यानले टेर स्टेगनलाई विश्राम दिएर नेटोलाई गोलपोस्टको जिम्मेवारी दिन सक्नेछ ।

यता, समूहमा एक खेलमा पनि जित निकाल्न नसकेको फेरेन्कभारोस बार्सिलोनालाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ । घरेलु टोलीसँग टोकमाक चोल निग्वेन, सोमालिया, सिगेर, जुभकोभ र गोलरक्षक डिबुस्ज रहेका छन् ।

यसै समूहको अर्काे खेलमा आज राति नै इटालियन क्लब युभेन्टसले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभसँग राति १ः४५ बजे खेल्दैैछ । युभेन्टसले पनि दुई खेल बाँकी छदै नकआउट चरणमा स्थान बनाइसकेको छ ।

युभेन्टस पनि किएभलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । युभेन्टससँग क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, आरोन राम्से र म्याथिज डे लेग्टलगायतको स्तरीय खेलाडीको साथ रहेको छ ।

यता, युरोपा लिगको प्ले अफको सम्भावना जीवितै रहेकाले किएभ पनि युभेन्टसविरुद्ध अंक खोस्ने दाँउमा हुनेछ । समूहमा बार्सिलोना ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहँदा युभेन्टसको ९ अंक छ । डेनामो किएभ र फेरेन्कभारोसको समान १ अंक छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.