default_image

3 years ago

December 3, 2020

नेयमार चम्कदा पीएसजीको सानदार जित

40 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को सानदार जित हात पारेको हो ।यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला लिएको छ ।

ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।

खेलको छैटौ मिनेटमा नै नेयमारको गोलबाट पीएसजीले खेलमा अग्रता लिएको थियो । केलियन एमबाप्पेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै जादा नेयमारको बली प्रहारले पोस्टको दिशा लिएको थियो ।

३२औं मिनेटमा घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । एन्थोनी मार्सियलको प्रहार रिवाउन्डमा आउदा आरोन वान बिशाखाले मिलाइदिएको पासमा मार्कुस रासफोर्डको प्रहार डियालोलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । ३४औं मिनेटमा एमबाप्पे चुके ।

४९औं मिनेटमा एन्थोनी मार्सियलले सुवर्ण अवसर खेर फाल्दा घरेलु टोली युनाइटेड अग्रता लिनबाट चुक्यो । ५७औं मिनेटमा इडिन्सन काभनीले आफ्नै पुर्व क्लबविरुद्ध गरेको प्रहार क्रसबारमा लाग्दै फर्कदा मार्किन्हसले क्लियर गर्दै बचाए ।

६९औं मिनेटमा एब्डोउ डियालोको पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई २–१ कोअहग्रता दिलाए । एन्डर हेरेरामाथि फल गरेपछि फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड खेलको ७०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलार्य ३–१ को सहज जित दिलाए । यो जितसँगै समूह ‘एच’ मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान ९ अंक भएपनि युनाइटेड गोल अन्तरमा अघि छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

लाइप्जिगको जितमा युसुफ पउलसेन, नोर्डी मुकिइल, ड्यानियल ओल्मो र एलेक्सान्र सोर्लाेथले गोल गरे । इस्तानबुलका इर्फान काभेसीले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन । यो नतिजा सँगै लाइप्जिगको ९ तथा इस्तानबुलको ३ अंक छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.