default_image

3 years ago

December 4, 2020

आर्सनलको शानदार जित

एजेन्सी – युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । बिहीबार राति अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ को सानदार जित निकाल्दै आर्सननले शतप्रतिशत जितलाई निरन्तरता दिएका हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले […]

33 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित हात पारेको छ ।

बिहीबार राति अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ को सानदार जित निकाल्दै आर्सननले शतप्रतिशत जितलाई निरन्तरता दिएका हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले सान्त्वना गोल फर्काए ।

इमिरेट्स स्टेडियममा करिव दुई हजार समर्थकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले खेलको शुरुवातदेखि नै रापिडलाई दवावमा राख्न सफल भएको थियो । १०औं मिनेटमा एलेसान्द्र लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

१८औं मिनेटमा पाब्लो मारीले रेइस नेल्सनको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एनकेइटले गोल गरेपछि आर्सनलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

४७औं मिनेटमा कोया किटागावाले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । तर ६६औं मिनेटमा इमिल स्मिथ रोइले गोल गर्दै आर्सनलाई ४–१ को सानदार जित दिलाए ।

समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक पुगेको छ । मोल्देको समान खेलबाट ९ अंक छ । रापिडको ६ तथा डुन्डल्कले अंकका खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा मोल्देले डुन्डल्कलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको छ । मोल्देको जितमा माग्नस इकरिम, ओही एन्थोनी ओमोइजुवाफो र मार्टिन इलिङसेनले गोल गरे । डुन्डल्कका जोर्डन फ्लोरेसले एक गोल फर्काए ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.