default_image

3 years ago

December 6, 2020

दोहोरो पारिवारिक दुर्घटनाले समस्यामा विश्वास

काठमाडौं (हाम्रो खेलकुद) – विश्वास श्रेष्ठ कुशल फुटबल खेलाडीमा हुनुपर्ने गुणले पूर्ण छन् । एन्फा एकेडेमीका उत्पादन यिनै विश्वासले उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै सिनियर राष्ट्रिय टोलीसम्म स्थान बनाइसकेका छन् । सिनियर टोलीबाट आधिकारिक खेलमा ‘डेब्यू’ गर्न बाँकी रहेका उनी विंगरको भूमिकामा खेल्छन् । उनले नेपालको सिनियर टोलीबाट मलेसियाको यू–२३ विरुद्धको मैत्रीपूर्ण खेल भने […]

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वास श्रेष्ठ कुशल फुटबल खेलाडीमा हुनुपर्ने गुणले पूर्ण छन् । एन्फा एकेडेमीका उत्पादन यिनै विश्वासले उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै सिनियर राष्ट्रिय टोलीसम्म स्थान बनाइसकेका छन् ।

सिनियर टोलीबाट आधिकारिक खेलमा ‘डेब्यू’ गर्न बाँकी रहेका उनी विंगरको भूमिकामा खेल्छन् । उनले नेपालको सिनियर टोलीबाट मलेसियाको यू–२३ विरुद्धको मैत्रीपूर्ण खेल भने खेलेका थिए । करिअरको सुरुवातमा विंगब्याकको भूमिकामा खेलेका उनी पछि भने आक्रमणमा खेल्न थाले ।

स्याङ्जा वालिङमा जन्मिएका विश्वास ११ वर्षको उमेरमा छनोटमार्फत एन्फा एकेडेमीमा आबद्ध भएका थिए । उनले यु–१४ टोलीबाट भारतमा भएको सुब्रतो कप दुईपटक खेलेका छन् । यस्तै इरानमा एएफसी यु–१४ छनोट खेलेको अुनभव पनि विश्वासले संगालेका छन् । एन्फा एकेडेमीमै रहँदै विश्वासले दशरथ रंगशालामा भएको यु–१६ विश्वकप छनोट, साफ यु–१६ च्याम्पियनसिप खेलका थिए ।

यस्तै नेपाली यु–१९ टोलीले २०१५ मा नेपालमा आयोजना भएको यु–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य थिए । सोही वर्ष उनले कतारमा एएफसी यु–१९ छनोट र इराकमा पनि एएफसी यु–१९ क्वालिफायर खेलेका थिए । उनी नेपाली यु–२३ उमेर समूहको पनि महत्वपूर्ण खेलाडी हुन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपनि ‘डेब्यू’ पाउन सकेकन् ।

पछिल्लो समय चोटका कारण उनी टोली बाहिर छन् । एन्फाबाट रिलिज भएसँगै उनी हिमालयन शेर्पा क्लबमा आबद्ध भए । अहिले पनि शेर्पामै छन् । शेर्पाले मोफसलमा सहभागिता नजानाउँदा उनले मोफसलमा थ्री स्टार, मनाङ–मर्स्याङ्दी, संकटा र झापा–११ बाट आफेनो खेल कला निखारे । २०७२ को राष्ट्रिय लिग भने उनले लुम्बिनीबाट खेलेका थिए ।

२०७५ को पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले ६ गोल र ३ असिस्ट दिएका थिए । २०७६ को लिगको तेस्रो (आर्मीविरुद्ध) खेलमा चोट लागेपछि उनी मैदान बाहिर रहे । ‘म फर्ममा थिए । आर्मीसँगको खेलपछि मिनिस्कस टियरका कारण लिग गुमाए । त्यसबेला हिमालयन शेर्पाले राम्रो उपचार गराइदिएको थियो । क्लबलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

‘इन्ज्युरी नभएको भए राष्ट्रिय टोलीमा कमब्याक गर्न सकिन्थ्यो । ११ महिनादेखि नै फुटबल बाहिर छु । मेरो खेल करियरमा चोटले धेरै असर पारेको छ । महत्वपूर्ण खेल गुमाउन पुग्दा सम्हालिन सक्दिन,’ तीव्र गतिका साथै दुवै खुट्टा उत्तिकै चलाउने क्षमता भएका विश्वासले भने ।

विश्वासलाई चोटका कारण मैदान छिर्न नपाएको पीडा त छ नै, पछिल्लो तीन महिनामा उनको परिवारमा घटेको दुई दुर्घटनाले निकै कठिन मोडमा ल्याएको छ । दुई महिनाअघि स्याङ्जाको वालिङस्थित घरमा आगालागी हुँदा ८ लाख भन्दा बढी क्षति बेहोरेको विश्वासको परिवारलाई मंसिर पहिलो साता अर्काे बज्रपात आइपर्यो ।

मसिंर ४ मा बुवा रुप नारायण श्रेष्ठलाई करेन्ट लागेर चार तलाबाट खस्दा गम्भीर घाइते भए । बन्दै गरेको नयाँ घरमा फलाम फाल्ने क्रममा हाइटेन्सन तारमा ‘टच’ भएपछि झट्काले तानेर चार तलाबाट झर्दा बुवाको शरीरको ४० प्रतिशत भाग जलेको छ । देब्रे खुट्टा भाँचिएको छ । दुई वटा करङ भाँचिएको छ । गम्भीर दुर्घटना भएकाले हेलिकप्टरको सहाराले ग्रान्डी अस्पतालमा ल्याउनुपर्यो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको छ ।

विश्वासका अनुसार बुवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । तर यो अविधमा ११ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । घरमा भएको आफूले कमाएको सबै सकिसकेका उनलाई अब बुवाको उपचार गर्न समस्या परेको बताए ।

‘यो वर्ष मेरो लागि सुखद रहेन । मिनिस्कस इन्ज्युरीका कारण लिग र मोफसल गुमाए । इन्ज्युरीबाट मुक्त भएपनि कोरोना महामारीका कारण फुटबल गतिविधि ठप्प हुदा घरमै बसें । भदौ ७ मा घरमा आगालागी भयो । नगद २ लाखसहित झन्डै ८ लाख बराबरको क्षति भयो ,’ विश्वासले भने, ‘मसिंरमा बुबा घाइते हुनुभयो । अहिलेसम्म आइसियुमै उपचाररत हुनुहुन्छ । आजसम्म बुवाको उपचारमा मात्रै १२ लाख रुपैयाँ बढी खर्च भइसकेको छ ।’

‘अस्पतालमा कति समय बस्नुपर्ने हो । टुंगो छैन । बुवाको उपचारमै २५ लाखभन्दा बढी खर्च हुने अस्पतालले जनाएको छ । भएको सबै रित्तिइसक्यो । अब बुवाको उपचार खर्च कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’

भावुक हुँदै उनले थपे ‘अहिलेसम्म त घरमा बाँकी रहेको फुटबल खेलेर मैले कमाएको र केही साथीभाइको सहयोगले उपचार गरेका थियौं । केहि ऋण पनि मागेका छौं । तर ऋण कतिन्जेललाई लिने ? भएको एउटा घर नै बेच्नुपर्ने अवस्था आइसकेको छ । घरमा आगालागी हुदा केही सहयोगहरु आएको थियो ।’

‘सम्बन्धित निकायहरुलाई पनि सहयोगको लागि अपिल गरेको छु, तर आश्वासनबोहक अहिलेसम्म बुवाको उपचारलाई कतैबाट सहयोग पाएको छैन ।’ विश्वासले दुःखी हुदै सुनाए ।

विश्वासले घरमा आगालागी हुँदा व्यक्तिगत रुपमा केही सहयोगहरु पाए । जिल्ला फुटबल संघ स्याङ्जाले १५ हजार, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङको समन्वयमा किरात याक्थुम चुम्लुङ इजरायलबाट ३० हजार, स्थानियबाट ३६ हजार, आफ्नो ब्याचको साथीबाट ३५ हजार रुपैयाँ सहयोग उपलब्ध भएको थियो । तर, एन्फा र क्लबबाट अहिलेसम्म सहयोग रकम नपाएको उनले बताए ।

‘खेलाडी त खेलुन्जेलको लागि रहेछ । फुटबल भन्दा केही जानिएन । अहिले त भन्ने बित्तिकै काम पनि पाइदैन । अहिले बाँच्न नै धौ–धौअवस्था छ,’ विश्वासले भने ।

विश्वासको क्लब हिमालयन शेर्पा क्लबका व्यवस्थापनसँग कुराकानी गर्दा क्लबले विश्वासलाई सहयोग गर्नेमा सकारात्मक रहेको बताएका छन् । क्लबले छलफल गरेर छिट्टै सहयोग गर्ने जानकारी दिएको छ ।

यदि तपाईं पनि विश्वासलाई सहयोग गर्न चाहनुहुन्छ भने विश्वासलाई 9823531906 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.