default_image

3 years ago

December 6, 2020

किरणको आइलिग जित्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन लिग (आइलिग) को नयाँ सिजनलाई लिएर नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ उत्साहित देखिएका छन् । आइ लिगको यो सिजन जनवरी ९ मा सुरु हुँदैछ । कोभिड १९ का कारण गत आइ लिगको गत सिजन पूरा हुन पाएको थिएन । किरण आबद्ध राउन्डग्लास पन्जाब एफसीले कोलकातामा लिगको तयारी गरिरहेको छ […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन लिग (आइलिग) को नयाँ सिजनलाई लिएर नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ उत्साहित देखिएका छन् । आइ लिगको यो सिजन जनवरी ९ मा सुरु हुँदैछ ।

कोभिड १९ का कारण गत आइ लिगको गत सिजन पूरा हुन पाएको थिएन । किरण आबद्ध राउन्डग्लास पन्जाब एफसीले कोलकातामा लिगको तयारी गरिरहेको छ । राष्ट्रिय टोलीबाट बंगलादेशसँग २ मैत्रीपूर्ण खेलको सिरिजमा भाग लिएर किरण सिधै कोलकता पुगेका थिए । जहाँ पन्जाब पहिलाबाट तयारीमा थियो ।

यसअघि मिनेर्भा पन्जाबको नामबाट आइ लिग खेलेको टोलीको मालिक परिवर्तनसँगै नाम राउन्डग्लास पन्जाब भएको छ । किरणले क्लबसँग अभ्यास थालेको तीन साता पुग्न लागिसक्यो । उनको टोलीले प्रि सिजनमा शुक्रबार अभ्यास खेलमा २–० को जित निकालेको थियो ।

कोभिड कै कारण झन्डै ८ महिना टाढा रहँदा फुटबल निकै मिस भएको अनुभव सुनाए । ‘ कोभिडका कारण सुरुवातका दिन कठीन रहे । मेरो लागि व्यक्तिगत रुपमा लामो समयपछि परिवारसँग बस्ने मौका मिल्यो,’ उनले भने, ‘फिटनेसका लागि व्यक्तिगत प्रयास त जारी राखे । तर लामो समय अलग हुँदा फुटबल मिस हुने रहेछ ।

कोभिड १९ को संक्रमण पूर्ण रुपमा निन्त्रयणमा आइनसकेपछि आइ लिगको तयारी सुरु भइसकेको छ । आफू पनि नयाँ सिजनलाई लिएर उत्साहित रहेको किरणले बताए । ‘हामीले दुई वर्षअघि लिग जितेका थियौं । गत सिजन कोभिडका कारण लिग पूरा भएन,’ उनले भने, ‘आशा गरौं यसपटक लिग राम्ररी सम्पन्न हुनेछ ।’

टोलीको लक्ष्य लिग जित्नु नै रहेको सुनाउँदै किरणले थपे, ‘यसपटकको युवा खेलाडीको बाहुल्यता छ । हामी केहि अनुभव खेलाडी पनि छौं । तर, हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने नै हो । आशा छ हामी त्यहि अनुरुप प्रदर्शन गर्न सफल हुनछौं । टोलीका सबै खेलाडी उत्साहित पाएको छु । यहाँ वातावरण पनि राम्रो छ ।’

टोलीको तयारी भने निकै मेहनत गरिरहेको पनि किरणले बताए । ‘बिहान साँझ दुई समय अभ्यास हुन्छ । त्यसबाहेक योगा हुन्छ । बढी भन्दा बढी हामीलाई व्यस्त राखिन्छ । उत्साहका साथ हामी सबैमा भाग लिइरहेका हुन्छौं,’ उनले भने ।

देश भित्र पनि फुटबल सुरु हुने सकेको खण्डमा राष्ट्रिय टोलीले दशरथ रंगशालामा विश्व कप छनोटका ३ खेल खेल्दा दर्शकको उपस्थितिमा खेल्न पाउनेमा पनि किरण आशावादी छन् । ‘हाम्रो रंगशालमा दर्शकको उपस्थितिमा फुटबल खेल्दाको उत्साहनै अर्को हुन्छ,’ उनले थपे, ‘अष्ट्रेलिया, जोर्डन, चाइनेज ताइपेसँग खेल्दा दर्शक उपस्थिति रह्यो भने हाम्रो मनोबल पक्कै उच्च हुनेछ ।’

किरणले बंगलादेशसँगको मैत्रीपूर्ण सिजन गुमाएपनि त्यो यात्राबाट केहि सकारात्मक संकेत भने देखिएको बताएका छन् ।’ सिनियर खेलाडीहरुलाई कोरोना संक्रमण भएपछि केहि नयाँ खेलाडीका साथ हामी बंगलादेश गएका थियौं’, उनले भने, ‘पहिलो खेल हामीले राम्रो गर्न सकेनौं । लामो ग्याप पछि खेल्दा सम्हालिन गाह्यो भयो ।’

‘दोस्रो खेलमा हामीले निकै सुधार गर्यौं र खेल नियन्त्रणमा राख्यौं । त्यो खेलमा ५ /६ नयाँ खेलाडीले मौका पाए । उनीहरुको प्रदर्शनबाट म उत्साहित छु । टोलीको ब्याकअप तयार भएको अनुभव गरे । त्यो नेपाली फुटबलका लागि सुखद हो ।’

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.