default_image

3 years ago

December 6, 2020

टोटेनहम र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति टोटेनहम हस्टपर र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको मैदानमा राति १०ः१५ बजे हुनेछ । टोटेनहमलाई प्रिमियर लिगको शीर्षस्थानमा उक्लने अवसर छ । त्यसैले लयमा रहेको टोटेनहम आर्सनललाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । दोस्रो स्थानमा रहेको टोटेनहमको २१ अंक छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति टोटेनहम हस्टपर र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । खेल टोटेनहमको मैदानमा राति १०ः१५ बजे हुनेछ ।

टोटेनहमलाई प्रिमियर लिगको शीर्षस्थानमा उक्लने अवसर छ । त्यसैले लयमा रहेको टोटेनहम आर्सनललाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ ।

दोस्रो स्थानमा रहेको टोटेनहमको २१ अंक छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ । आर्सनललाई हराउन सके टोटेनहमले शीर्षस्थानमा २ अंकको अग्रता लिनेछ । चोटका कारण ह्यारी केनले खेल्ने सम्भावना न्युन रहँदा टोटेनहमसँग ह्युङ मिन सन, स्टेभन वर्गवाइन, टांगी एनडोम्वेले, पिएरे इमिल होब्जजर्ग, सिसोको, सर्जियो रिगुइलोन, इरिक डिएर, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिसको साथ रहेको छ ।

यता, आर्सनल पनि टोटेनहमलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । कमजोर प्रदर्शन गरिरहेको आर्सनल १३ अंक जोडेर १५औं स्थानमा रहेको छ । आर्सनलसँग पिएरे इमरिक औवामियाङ, विलियन, ग्यारेथ बेल, एलेसान्द्रे लाकाजेट, हेक्टर बर्लिन, ग्रानिट झाँका, रव होल्डिङ, गाब्रियल र गोलरक्षक बन्ड लेनोको साथ रहेको छ ।

टोटेनहम अक्टोवरमा युरोपा लिगमा रोयल एन्टवेर्पसँग १–० ले पराजित भएयता सात खेलमा अपराजित रहेको छ । टोटेनहम सोही अपराजित यात्रालाई निरन्तरता दिने दाँउमा हुनेछ । यता आर्सनलले भने मिश्रित नतिजा आत्मसात गरेको छ ।

यि दुई टोलीबीचको २४ खेलको नतिजामा आर्सनल ९ खेलमा विजयी भएको छ । ८ खेल टोटेनहमले आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ । ग सिजन प्रिमियर लिगमा दुवै टोलीले एक खेल आफ्नो पक्षमा पारेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.