default_image

3 years ago

December 7, 2020

खराब अवस्थामा बार्सिलोना

एजेन्सी – बार्सिलोनाले ला लिगामा शनिबार अर्को धक्का बेहोर्नु परेको थियो । बार्सिलोना काडिजसँग २–१ ले स्तब्ध भएको थियो । रोनाल्ड कोम्यानको टोलीले यो सिजनको सुरुवात खराब ढंगले गरेको छ । १० खेलमा क्याटलान टोली मात्र १४ अंक जोड्न सफल भएको छ । २६ अंकका साथ एट्लेटिको म्यड्रिड लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाको रेलिगेसन […]

41 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले ला लिगामा शनिबार अर्को धक्का बेहोर्नु परेको थियो । बार्सिलोना काडिजसँग २–१ ले स्तब्ध भएको थियो । रोनाल्ड कोम्यानको टोलीले यो सिजनको सुरुवात खराब ढंगले गरेको छ ।

१० खेलमा क्याटलान टोली मात्र १४ अंक जोड्न सफल भएको छ । २६ अंकका साथ एट्लेटिको म्यड्रिड लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाको रेलिगेसन क्षेत्रमा रहेको टोलीको भन्दा मात्र ३ अंक बढी छ ।

४ जित, २ बराबर र ४ हारका साथ टोलीले अहिले सम्म १४ अंक बटुलेको हो । सन् १९८७र८८ यता टोलीको यो अहिले सम्मकै खराब सुरुवात हो । त्यति बेला टोलीले छैटौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

तत्कालिन प्रशिक्षक टेरी भेनाबेल्सलाई क्लबले ४ खेल पछि नै बर्खास्त गरेको थियो । त्यो भन्दा पनि अहिलेको सिजन बार्सिलोनाको सुरुवात खराब रहेको छ । जबकी त्यति बेला जितेको २ अंक थियो भने अहिले ३ अंक प्राप्त गर्ने नियम छ ।

कमजोर रक्षापंक्ति

बार्सिलोनाको रक्षापंक्तिको प्रदर्शन पनि निकै ओरालो लाग्दै जान थालेको छ । रक्षापक्तिमा गम्भिर गल्तिहरु भएका छन् । यो सिजन खेलेका १० खेलमा टोलीले ६ खेलमा पहिला गोल खाएका छ ।

त्यसरी पहिला गोल खाएका कुनै पनि खेल बार्सिलोनाले जित्न सकेको छैन । कोम्यानको टोलीले ३ खेलमा मात्र क्लिन सिट्स राख्न सफल भएको छ । टोलीले अहिले सम्म ११ गोल खाइसकेको छ ।

यो सिजन टोलीले ५ अवे खेलमा एक मात्र खेल जितेको छ । सेल्टा भिगोलाई मात्र टोली उसकै मैदानमा हराउन सफल भएको छ । त्यसबाहेक अवे खेलमा टोली गेटाफे, एट्लेटिको र काजिडसँग पराजित भएको थियो । अल्भेससँगको खेल भने बराबरीमा टुंगिएको थियो ।

आक्रमण

फरवार्ड लाइन अहिले पनि चुस्त मानिन्छ । टोलीले यो सिजनका १० खेलमा २० गोल गरिसकेको छ । तर, विगतको टोलीकै तुलनामा भने यसलाई प्रभावशाली मान्न सकिन्न ।

यो सिजन टोलीले औसतमा ४५ मिनेटमा एक गोल गरेको छ । जुन १२ वर्षमा टोलीको कमजोर फिनिसिङ हो । कोम्यानको टोलीले एक गोलका लागि औसतमा तीन सर्ट प्रहार गरेको छ । यो पनि पछिल्लो १३ वर्षमा खराब तथ्याङ्क हो ।

ला लिगाको यो सिजनमा लयमा फर्कन टोलीसँग अझै समय बाँकी छ । तर त्यसका लागि प्रशिक्षक र टोलीको लय भने मिल्नुपर्ने हुन्छ । लिग जित्नेमा कोम्यान कम आशावादी देखिन्छन् । काडिजसँगको हार पछि उनले भनेका थिए, ‘लिग जित्ने सम्भावनाका लागि हाम्रा कदम पछाडितर्फ धकेलिएका छन् ।’

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.