default_image

3 years ago

December 7, 2020

संघर्ष गर्दै मेस्सी

एजेन्सी – बार्सिलोनाका लागि जस्तै कप्तान लिओनल मेस्सीका लागि पनि यो सिजनको सुरुवात सन्तोषजनक हुन सकेको छैन । असाधारण प्रतिभाका धनी मेस्सीले आफैले पनि बार्सिलोनाका लागि यसअघिका वर्षहरुमा जस्तो प्रदर्शन गर्नबाट चुकिरहेका छन् । सम्भवत उनी अहिले आफूले चाहेको टोलीबाट खेलिरहेका छैनन् । सिजनको सुरुवातमै उनी क्लबबाट अलग हुन चाहन्थे । तर त्यो सम्भव हुन […]

72 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका लागि जस्तै कप्तान लिओनल मेस्सीका लागि पनि यो सिजनको सुरुवात सन्तोषजनक हुन सकेको छैन । असाधारण प्रतिभाका धनी मेस्सीले आफैले पनि बार्सिलोनाका लागि यसअघिका वर्षहरुमा जस्तो प्रदर्शन गर्नबाट चुकिरहेका छन् ।

सम्भवत उनी अहिले आफूले चाहेको टोलीबाट खेलिरहेका छैनन् । सिजनको सुरुवातमै उनी क्लबबाट अलग हुन चाहन्थे । तर त्यो सम्भव हुन सकेन । अर्को मैदान भित्र र बाहिर दुवैतिरका उत्तिकै नजिकका मित्र लुइस सुआरेजले बार्सिलोना छाड्दा मेस्सी खुसी छैनन् ।

रोनाल्ड कोम्यानको नेतृत्वमा मेस्सी पनि संघर्ष गरिरहेका छन् । हुन सक्छ कोम्यान नयाँ पुस्ताको तयारीमा जुट्दा त्यसको असर टोलमिा परेको हुन सक्दछ । शनिबार ला लिगामा काडिजविरुद्धको खेलमा पनि त्यस्तै देखिन्थ्यो।

मेस्सी खेलमा पुरै केन्द्रीत त थिए, तर उनी लक्ष्यबाट बारम्बार चुकिरहेका थिए । अर्जेन्टिनी सुपरस्टारले २९ पटक बल नियन्त्रण गुमाएका थिए । यो सिजनमा मेस्सीले गुमाएको नियन्त्रण त्यो सबैभन्दा बढी हो ।

गोलको संख्या हेर्ने हो भने पनि मेस्सीको सन्तोषजनक छैन । ३३ वर्षे सुपर स्टारले १६ अवे खेलमा मात्र २ गोल गरेका छन् । यो सिजनमा उनले १३ खेलमा मात्र ७ गोल गरेका छन् । त्यसमा पनि ५ गोल पेनाल्टीमा गरेका छन् । २ गोल नियमित समयमा गरेका छन् । तर उनले गोल गर्नुअघि नै खेलमा बार्सिलोनाको जित लगभग निश्चित थिए ।

अफ फिल्ड समस्या

समय थियो बार्सिलोनामा मेस्सीको विकल्पको बारेमा चर्चा पनि हुन्नथ्यो । अहिले मेस्सीको प्रदर्शनको चर्चा मात्र होइन आलोचना पनि हुन थालेको छ । व्यवस्थापन बोर्डका अध्यक्ष कार्लेस टुस्केट्सले मेस्सी विना क्लब राम्रो हुन सक्ने बताएका थिए ।

त्यसबाट पनि बुझ्न सकिन्छ मेस्सी किन क्लब छाड्न चाहन्थे । अहिले क्लबको कमजोर प्रदर्शनको दोष धेरै त मेस्सीमाथि नै थोपरिन थालेको देखिन्छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.