default_image

3 years ago

December 7, 2020

फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक

एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् । समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, […]

84 views

0 Bookmark

एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् ।

समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, जर्जिया र कोसोभो रहेका छन् । सन् २००६ को विजेता इटालीले स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनियाको सामना गर्नेछ ।

साविक विजेता फ्रान्स रहेको समूह डी मा युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना र काजकास्तान रहेका छन् । बेल्जियम र वेल्स सम्मिलित समूह ई मा चेक गणतन्त्र, बेलारुस र एस्टोनिया छन् । समूह एफ मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभाले खेल्नेछन् ।

समूह जीमा नेदरल्यान्डसँगै टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटारले छन् । समुह एचमा साविक उपविजेता क्रोएसियाले स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टासँग प्रतिस्पर्धा गर्नेछन् । समूह आईमा इंग्ल्यान्ड र पोल्यान्डसँगै हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो छन् । समूह जेमा सन् २०१४ को विजेता जर्मनीसँगै रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइनले खेल्नेछन् ।

हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् । समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ । छनोटका खेल सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ ।

विश्वकप छनोटको समूह :

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.